स्वर्णलक्ष्मी साकोस , नारायणगढद्वारा एटीएम सेवा सञ्चालन शुरु

0 Shares

चितवनको नारायणगढमा प्रधान कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.ले आजबाट एटीएम (ATM) सेवा सञ्चालन शुरु गरेको छ । उक्त संस्थाको आफ्नै भवनबाट सञ्चालन शुरु भएको सो सेवाको भरतपुर महानगरपालिकाका सहकारी शाखा प्रमुख रामबाबु पौडेलले शुभारम्भ गर्नुभयो । त्यस अवसरमा सोही संस्थाका अध्यक्ष तामाङले हाम्रो यस संस्थाले सञ्चालनमा ल्याएको एटीएम सेवा यस संस्थाको प्रधान कार्यालयसँगै ४ वटै सदस्य सेवाकेन्द्रबाट उपलब्ध हुने बताउनुभयो । प्रविधिलाई जोड दिदै आएको हाम्रो यस संस्थाले  मोवाइल बैंकिङ (Mobile Banking) सेवा सञ्चालन गरिरहेको छ र क्युआर कोड (QR Code) सेवा सञ्चालन गर्ने तयारी भइरहेको उहाँको भनाई छ ।

उक्त अवसरमा भरतपुर नगरपालिकाका सहकारी शाखा प्रमुख पौडेलले सहकारी संस्थाहरुले प्रविधिको प्रयोगमा जोड दिनु पर्ने आवश्यकता औंल्याउनुभएको थियो।

 

Leave a Reply