श्री सुन्दरबजार बहुउद्देश्यीय सहकारी संस्था लि.को आ.ब.२०७७/०७८ को कूल कारोवार रु.५६ करोड

0 Shares

लमजुङको सुन्दरबजार नगरपालिका-७, सुन्दरबजारमा प्रधान कार्यालय रहेको श्री सुन्दरबजार बहुउद्देश्यीय सहकारी संस्था लि.को २०७८ असार ३१ गतेसम्म शेयर सदस्य संख्या ५ हजार , शेयर पूँजी रु.६ करोड , बचत संकलन रु.४६ करोड , कर्जा लगानी रु.३५ करोड र कूल कारोवार रु.५६ करोड रहेको सोही संस्थाका व्यवस्थापक नेत्रबहादुर गुरुङले सहकारी सञ्जाललाई बताउनुभयो । बचत तथा ऋण कारोवारसँगै सुपथ मुल्यमा मलखाद , कुखुराको चल्ला र कुखुराको दाना आफ्ना शेयर सदस्यहरुलाई उपलब्ध गराउदै आएको त्यस संस्थाले रेमिट सेवा  पनि प्रवाह गर्दै आएको छ । स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको सो संस्थाले लकडाउनको समयमा समेत दैनिक २ देखि ३ घण्टासम्म कार्यालय सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरेको थियो भने कर्जाको लकडाउन शुरु भएदेखि २०७८ असार मसान्तसम्मको पाकेको व्याजमा १० प्रतिशत छुट र त्यस समयको हर्जाना मिनाहा गरेको व्यवस्थापक गुरुङको भनाई छ । लमजुङ जिल्लाभर तथा तनहुँको भानु नगरपालिका वडा नं.१० र ११ तथा व्यास नगरपालिका वडा नं.८ मा कार्यक्षेत्र रहेको उक्त संस्थाले आफ्नो प्रधान कार्यालयसँगै लमजुङको सुन्दरबजार नगरपालिका वडा नं.७, पाउँदीबजार , सोही नगरपालिका-८, कुञ्छाबजार र मध्यनेपाल नगरपालिका वडा नं.२ , सोती पसलमा सदस्य सेवाकेन्द्र सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको छ ।

 

Leave a Reply