शिखर सहकारीले गर्यो सहुलियत व्याजदरमा कर्जा लगानी

0 Shares

यमलाल खत्री– ब्यवस्थापक– शिखर बचत तथा ऋण सहकारी संस्था लि. भेरीगंगा न.पा. ११ रामघाट सुर्खेत

 

सुर्खेतको भेरीगंगा न.पा.११ रामघाटमा रहेको शिखर बचत तथा ऋण सहकारी संस्था लि.ले लगडाउनको समयमा पनि सदस्यहरुलाई आवश्यक अनुसारको सेवा प्रदान गरिएको संस्थाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतको नियमनमा रहेर कोरोनाको स्वास्थ मापदण्डअनुसार सचेत भएर सेवा प्रवाह गर्नुका साथै यस संस्थाले मोबाइल बैन्किङ र एस एम एस बाट पनि सदस्यहरुलाइ निरन्तर सेवा दिईएको जानकारी सहकारी सञ्जाललाई प्राप्त भएको छ ।
त्यसैगरी उक्त संस्थाका सदस्यहरु १०० जना भन्दा बढी सदस्यहरु कोरोना पोजेटिभ भई निको पनि भईसकेका थिय । संस्थाको कोषबाट २५००० का दरले कोरोना बाट मृत्यु भएकालाई आर्थिक सहयोग पनि गरिएको थियो । लकडाउनको समयमा सबै सदस्यहरुलाई हर्जनामा समेत छुट गरिएको थियो र कोरोना पोजेटिभ भएका सदस्यहरुलाई पाकेको ब्याजमा १०% छुट दिइएको बताईएको छ ।
संस्थाले रेमीट सेवा  city express western union money transfer Himal remit IME remit IME paye E sewa remit connect Ipsबाट पनि रेमिट्यान्सको सेवा दिइएको छ साथै यस संस्थाको कार्यक्षेत्र भेरीगंगा न.पा. र लेकवेशी न.पा. मा रहेको छ रक्तदान जिवनदान भन्ने नाराका साथ रक्तदान कार्यक्रम आयोजना गरि संस्थाले आफ्ना सदस्यहरुलाई रगतको अभाव नहोस भनेर नेपाल रेडक्रस सोसाइटी रक्त सन्चार सग सहकार्य गरी १८ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत प्रत्येक महिना सदस्य शिक्षा कार्यक्रम पनि गरिएको छ साथै यस संस्थाको सेवा केन्द्र भेरी गंगा न.पा.१२ मा रहेको छ आगामी योजनाहरु एकिकरण अभियानमा जोड दिइरहेका छौ कर्णाली प्रदेश भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट सदस्यहरुका लागि ब्याज अनुदान कार्यक्रमको सम्झौता गरी सदस्यहरुलाइ कृषि तथा पशुपालन कृषिजन्य कार्य गर्नका लागि रु ५० हजार देखि ५ लाख सम्म ३% ब्याजमा ऋण लगानी गर्दै आएका छौ यसले गर्दा सदस्यहरुलाइ आर्थिक अवस्था उकास्नको लागि टेवा पुर्याएका छौ २०७८ असार २५ गते देखि सामाजिक विकास मन्त्रालय अन्तरर्गतको उधोग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सँग सहुलियत ऋण कार्यक्रमको सम्झौता गरी बिपन्न स्तरका लक्षित वर्गलाई उधमशिलताका लागि ३% ब्याज दरमा ऋण परिचालन गर्नका लागि १७ लाख अनुदान प्राप्त गरी सो वृद्धि अक्षयकोष खडा गरी सोहि कोषबाट लक्षित वर्गहरुलाई लगानी गर्ने तयारी गरीएको छ सोहि संस्थाका ब्यवस्थापक यमलाल खत्रीले सहकारी सन्जालका संम्वाददाता इश्वर ढुङ्गेललाई जानकारी दिनुभयो

संस्थाको आर्थिक बर्ष २०७८ असार मसन्तसम्मा सदस्य संख्या – ४३००, बचत संकलन –१९ करोड ८ लाख ४१ हजार २२० , ऋण लगानी– १८ करोड १८ लाख ३९ हजार २०९ , जगेणा कोष– १ करोड ५२ लाख ६७ हजार ९ सय ३९ , कुल कारोबार– २५ करोड ८० लाख २४ हजार ६३५, र सेयर पुजी–३ करोड ७ लाख ६९ हजार रहेको उल्लेख गरिएको छ ।

Leave a Reply