गाम्चा सहकारीकोे ११ बार्षिक साधारण सभा सफलतापुर्वक सम्पन्न

0 Shares

भक्तपुरको सुर्यविनयाक नपा– गाम्चामा आफ्नै भवनबाट वित्तीय कारोबार गर्दै आईरहेको गाम्चा बचत तथा ऋण सहकारी संस्थाले १३ औ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष विकास खड्काको अध्यक्षतामा सम्पन्न भएको छ ।
त्यसैगरी सो कार्यक्रमको प्रमुख अतिथिमा सुर्यविनायक नगरपालिका वडा न–४ का अध्यक्ष उत्तम थापा .विशेष अतिथिहरु जिल्ला सहकारी संघ लि ,का संचालक सदस्य श्री राजकुमार सिल्वाल,जिल्ला बचत तथा ऋण स.स.लि का कोषाध्यक्ष श्री कान्छा भक्त ध्वजु, कार्यक्रममा उपस्थित अन्य अतिथिहरुमा राष्ट्रिय सहकारी बैक लि.ठिमी शाखा प्रमुख सिता भट्टराई, नेप्स्कूनका ठिमी शाखा ईन्चार्ज श्री पेशल खड्का, घरपरिवार साकोसका अध्यक्ष श्रीकृष्ण बिष्ट,चमेली साकोसका सचिव मिठाराम न्यौपाने, अरनिको उच्च मा.वि का सहायक प्रधानअध्यापक जनक न्यौपाने,प्रहरी प्रभाग दधिकोट का ईन्चार्ज श्री बिनोद धिताल लगायत विभिन्न सहकारी संस्थामा आबद्ध प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरी सो कार्यक्रममा संस्थाका अध्यक्ष खड्काले वार्षिक प्रतिवेदन सचिव विदुर खड्का बाट वार्षिक कार्ययोजना र कोषाध्यक्ष शुशिल खड्कावाट वित्तिय प्रतिवेदन प्रस्तुत गरिएको थियो।
सामाजिक उतरदायित्व अन्तर्गत अरनिको उच्च मा.वि.लाई रू–१००००÷– र उक्त संस्थाका शेयर सदस्य शुभचिन्तक अष्ट्रेलिया निवासी विनोद खड्का परिवारवाट संस्थामा आवद्व शेयर सदस्यका जेहेन्दार छोराछोरी ६ जना छात्र,छात्रालाई प्रति व्यक्ति रू–५०००÷– जनही प्रदान गरिएको थियो ।
संस्थाका उपाध्यक्ष देवलाल राजथलाको स्वागत मन्तव्य र कार्यक्रम संचालन संस्थाका सचिव विदुर खड्काले गरेका थिए
संस्थाको १३ औ सम्मानित सभा सफलता पुर्वक सम्पन्न भएको बताईएको छ ।

Leave a Reply