सुर्खेतको पिपलबोट सहकारीको तिज बिशेष कार्यक्रम सँगै बचत योजना शुभारम्भ कार्यक्रम सम्पन्न
सुर्खेत वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानमा मुख्य कार्यालय रहेको पिपलबोट बचत तथा ऋण सहकारी संस्थाको महिला परिचालन उपसमितिको आयोजनामा आफ्ना हरितालिका तिज २०७९ को अवसरमा तिज बिशेष कार्यक्रम महिला सदस्य भेला तथा महिला लक्षित बचत योजना सुभारम्भ समारोह एवं सुभकामना अदाप्रदान कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रमको अवसर पारेर संस्थाले महिला लक्षित बचत योजनाको सुभारम्भ समेत गरेको छ । नारी बचत नारी गर्भ ढुक्क संग मनाउ पर्व मुल नारा राखी पिपलबोट नारी पर्व बचत योजनाको प्रमुख अथिति वीरेन्द्रनगर नगरकार्यपालिका सदस्य श्री टिका कुमारी घले गुरुङ्ग तथा संस्थाका अध्यक्ष बल बहादुर सार्की र कोषाध्यक्ष श्री खेमराज रावतले बचत योजनाको सयुत्तरुपमा अनावरण गर्नु भएको थियो । यस कार्यक्रममा संस्थामा अबद्ध ३९० जना भन्दा बढि सदस्यको सहभागिता रहेको थियो ।
संसथामा हाल कुल सदस्य संख्या २५९२ रहेका छन । कुल सदस्य संख्याको महिला शेयर सदस्य ५६ प्रतिशत अर्थात १४५७ सदस्य आबद्ध रहेको र संस्थामा महिला शेयर सदस्यको संख्या बढी भएकोले पनि महिला लक्षित बचत योजनाको सुभाम्भ गरिएको र आगामी दिनमा युवा तथा जेष्ठ नागरी लक्षित बचत योजना सुरुवात गर्ने योजना रहेको समेत संस्थाका अध्यक्ष बल बहादुर सर्कीले बताउनु भयो । कुल बचतमा महिला सदस्यको मात्रै ६१ प्रतिशत बचत निक्षेप रहेको र पिपलबोट नारी पर्व बचत योजना सुभारम्भकै दिन मात्रै ३१ जना महिला शेयर सदस्यबाट पिपलबोट नारी पर्व बचत योजनामा रु.६० हजार बचत संकलन भएको समेत प्रबन्धक रमेश खनालले बताउनु भएको छ ।