सनसाईन सहकारी पोखराको त्रिवर्षिय रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

0 Shares

कास्कीको पोखरा मनपा– ८ मा रहेको “समृद्ध सदस्य, सुशासनयुक्त उत्कृष्ट सहकारी” भन्ने परिकल्पनालाई आत्मसाथ गर्दै स्थापना गरिएको सनसाइन बचत तथा ऋण सहकारी संस्था लि.ले त्रिवर्षिय रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न गरेको छ ।
सोहि संस्थाका अध्यक्ष अग्निप्रसाद कँडेलको अध्यक्षतामा यहि मिति २०७९ भाद्र ५–७ गतेसम्म सनसाइन रिसोर्ट, फेदीपाटन, पोखरा २१ मा कार्यशाला सम्पन्न भएको थियो । संस्थाका कोषाध्यक्ष नेत्रलाल भण्डारीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यशालामा संस्थाका निवर्तमान अध्यक्ष गजकुमारी गुरुङ्गले शुभकामना मन्तव्य राख्नुभएको थियो
त्यसैगरी उद्घाटन तथा समापन कार्यक्रमको सञ्चालन संस्थाका सचिव नवराज अधिकारीले गर्नुभएको थियो । नेफ्स्कुनका कार्यक्रम अधिकृत कोमल राज अधिकारी र अनुगमन अधिकृत सूर्यप्रसाद तिमल्सिनाले सहजिकरण गर्नुभएको उक्त कार्यशालामा सञ्चालक समित, आन्तरिक लेखा सुपरिवेक्षण समिति तथा उच्च व्यवस्थापनको सक्रिय सहभागीता रहेको थियो ।
सो कार्यक्रमको व्यवस्थापन संस्थाका प्रमुख व्यवस्थापा रोशन  पौडेलले गर्नुभएको हो ।

Leave a Reply