शिवम बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा सम्पन्न सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै अघि बढने

0 Shares

शिवम बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ संस्थाले काठमाडौंको चावहिलमा मुख्य कार्यालयमा साधारण सभा सम्पन्न गरेको हो संस्थाले साधारण सभालाई विगतको जस्तो अतिथि बिना नै सदस्यहरुको उपस्थितिमा सम्पन्न गरेको छ सभामा संस्थाका अध्यक्ष नवराज राउतले ०७९/८०को बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरुको आर्थिक तथा सामाजिक उन्नतिका लागी संस्था क्रियाशिल रहेको बताए समाजमा छरिएर रहेको स सानो पुँजीलाई एकीकृत गरी सदस्यहरुमाझ परिचालन गरी उनीहरुको जिवनस्तर परिवर्तनमा संस्थाले काम गर्दै आएको बताए

 

सहकारीको मुल्य मान्यता र सिद्धान्तमा रहेर संस्थाले वित्तिय कारोबार गर्दै आएको भन्दै अध्यक्ष राउतले वित्तिय संकटमा पनि तरलता ब्यवस्थापन गरी सदस्यहरुको बचत फिर्ता गर्न संस्था सफल भएको जानकारी दिए सहकारी क्षेत्रमा पछिल्लो समयमा भाखा नाघेको कर्जा बढ्दै जानु सम्पत्ति र दायित्वमा प्रक्रियागत जटिलताहरु रहनु तथा घर जग्गा ब्यवसायमा आएको मन्दी एंव नितिगत ब्यवसायका कारण सदस्यहरुमा समस्या बढ्दै गएको उनको भनाई छ

 

संस्थाको सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउदै सदस्य हरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको र सहकारीको कारोबारलाई प्रभावकारी बनाउन शिवम स्मार्ट एप संचालनमा ल्याएको उनले जानकारी दिए सभामा कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक बर्षको असार मसान्तसम्म संस्थाको शेयर पुँजी ३ करोड ९५ लाख,जगेडा तथा अन्य कोषमा गरी ६९ लाख ५० हजार,बचत संकलन ३९ करोड ७६ लाख र ऋण लगानी ४३ करोड २२ लाख रहेको बताए संस्थामा ६२०० सदस्य आवद्व रहेका छ्न भने त्यस अवधिमा कुल कारोबार ५२ करोड ४३ लाख पुगेको सभामा जानकारी दिए संस्थाले ७ करोड ४४ लाख बाह्य ऋण लिएको छ संस्थाले मासिक बचत,विशेष बचत,आवधिक लघुवित्त,साप्ताहिक,नारी,लखपति,जेष्ठ नागरिक,क्रमिक मुद्वती जस्ता बचत योजना संचालनमा ल्याएको छ त्यसैगरी ब्यवसायिक,हायर पर्चेज,लघु घर जग्गा,कृषि जस्ता क्षेत्रमा लगानी गर्दै आएको जनाएको छ

Leave a Reply