सगुन बचत तथा ऋण सहकारी संस्था द्वारा आयोजित हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

0 Shares

श्रावण १७ हरिवन सर्लाही सगुन बचत तथा ऋण सहकारी संस्थाको २५ औं गौरवमय बर्ष (रजत जयन्ती)को अवसरमा आज हाजिरी जवाफ प्रतियोगिता गर्दै सुरुवात गरेको छ रजत जयन्तीको अवसरमा यस बर्ष भरी सामाजिक क्रियाकलाप गर्ने संस्थाको निर्णय बमोजिम आज मा.वि (९-१२)स्तरिय हाजिरी जवाफ प्रतियोगिता जिल्ला भरीका १५ बिद्यालयहरुको सहभागीतामा सम्पन्न भएको हो आजको कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई तिनओटा राउण्डमा प्रतिस्पर्धा गराईएको थियो

 

सञ्चालक लेखा समिति सदस्यहरुको सक्रिय सहभागीतामा संस्थाका अध्यक्ष केशव प्रसाद ढकालको अध्यक्षतामा भएको उद्वघाटन सत्रको कार्यक्रममा उपाध्यक्ष तारादेवी सुवेदीले उपस्थित सम्पुर्णमा स्वागत मन्तब्य कोषाध्यक्ष बिनोद कार्कीले वित्तिय विष्लेषण संस्थाका संस्थापक अध्यक्ष बाबुराम घिमिरेले सहकारीको ईतिहासको बारेमा जानकारी गराउनु भयो कार्यक्रम सञ्चालन संस्थाका सचिव राज कुमार उप्रेतिले गर्नु भएको थियो कार्यक्रमको सहजिकरण शिक्षक पुष्पराज श्रेष्ठले गर्नुभएको दोस्रो सत्रमा पहिलो राउण्ड जेनरल राउण्ड सगुन सहकारी र सहकारी क्षेत्रको बारेमा ज्ञान दोस्रो राउण्ड बिषयगत राउण्ड भुगोल,इतिहास,आईक्यु,सुचना प्रविधि,समसामयिक ज्ञान,तेस्रो राउण्ड र्यापिट फायर राउण्ड गरी प्रतिस्पर्धा गराईएको थियो

 

सभामा महादेव जनता मा.वि.हरिवनबाट सहभागी बिभु भट्टराई र दृष्टि दास तत्माको समुहले प्रथम स्थान हासिल गर्नुभएको प्रतिस्पर्धामा ज्ञानोदय सेकेण्डरी स्कुल बयलबासबाट सहभागी अरमान मिकरानी र सुष्मिता कुशवाहको समुह द्वितिय,सर्लाही एम्बिसन एकेडेमीबाट सहभागी सरोज जिम्बा र स्वयता भण्डारीको समुह तृतिय र श्री जानकी मा.वि. लालबन्दीबाट सहभागी पुरुषोत्तम कुमार कुशवाह र रिया खडकाको समुहले सान्त्वना स्थान हासिल गर्नुभएको थियो कार्यक्रममा प्रथम पुरस्कार ६,६६६ द्वितिय पुरस्कार ५,३३३ तृतिय पुरस्कार ४,००० र सान्त्वना पुरस्कार २,६६६ रुपैयाँँ वितरण गरी कार्यक्रममा विजयी सम्पुर्ण विद्यालय विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरी सभा सम्पन्न गरिएको थियो

Leave a Reply