लोकेश्वर साकोसको आर्थिक बर्ष २०८१-०८२ को बार्षिक समिक्षा बजेट कार्यक्रम सम्पन्न

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछें, भक्तपुरको आ.व. २०८०÷०८१ को बार्षिक समिक्षा तथा आ.व.२०८१÷८२ को बजेट कार्यक्रम साविक भक्तपुर नपा वडा नं. १५ का पूर्व वडा अध्यक्ष रविन्द्र खर्बुजाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि खर्बुजाले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनितिक घटनाक्रमको बारेमा चर्चा गर्दै जात–जाति, धर्मको नाममा विभेद गरी अगाडि बढेसम्म राष्ट्रमा हिंसा, युद्ध, विध्वंस र विपत्ति मात्र निम्तने भएकोले वर्गीय संघर्षबाट अगाडि बढ्नु पर्ने कुरा राख्नु भयो । बङ्गलादेशको पछिल्लो विकसित घटनाक्रमको मुख्य विषयवस्तुहरुलाई इड्ढित गर्दै हाम्रो देशको पछिल्लो राजनितिक गतिविधिले त्यस्तो घटना घट्न सक्ने भएकोले समयमै सजक हुन पर्ने औल्याउनु भयो । देशको अस्थिर राजनितिक परिवेशको चर्चा गर्दै विद्युत महसुल बक्यौतामा देखा परेको राजनितिक संरक्षण तथा स्वार्थले देशलाई घात भईरहेकोमा आपती जनाउनु भयो । ख्वप विश्वविद्यालयको विद्ययक फिर्ता ठुला दलको घृणित राजनितिक कार्य भएको बताउनु भयो । देशमा बर्षेनी हुने डुबान तथा बाढी पहिरो सम्बन्धमा विज्ञहरुले दिएको पछिल्लो प्रतिवेदनहरुले मापदण्ड उलंघन, अनियन्त्रित बाटोघाटो निर्माण, सा“घुरो खोला तथा अव्यवस्थित सहरीकरणको परिणाम भएको बताउनु भयो । संघ संस्थाहरुमा महिला नेतृत्वको महत्वका विषमा कुरा राख्दै संस्थाबाट गर्दै आएका कार्यहरु सम्बन्धमा सल्लाह सुझावहरु पनि दिनुभएको थियो ।
भक्तपुर नगरपालिका वडा नं. २ का वडा सदस्य एवं सहकारी अनुगमण समितिका सदस्य श्यामसुन्दर मातांले समुदायमा आधारित सहकारी संस्थाले व्यक्तिगत हितलाई नभइ सामूहिक हितका लागि हुने किसिमका उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुपर्ने कुरा राख्नुभयो । नगरपालिकाले गर्दै आएका सहकारीस“ग सम्बन्धित विभिन्न गतिविधिहरु, सहकारी अनुगमनबाट देखिएका सहकारीका समस्या र समस्यामा पर्नुको कारणहरुको बारेमा जानकारी दिनु भएको थियो । नगरपालिकाबाट संचालित देको–मिवा इतापाके जग्गा एकिकरण आयोजना सम्पन्न हुने अन्तिम चरणमा रहेको कुराको बताउनु भयो । नगरपालिकाले जनसमुदायलाई अतिआवश्यक तालिमहरु संचालन गरिरहेको समेत बताउनु भयो ।
संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति राजन जतिले सहकारी संस्था समुदायमा आधारित रहेर मात्र संचालन गर्नुपर्ने कुरा राख्नु भयो । अहिले समस्यामा परेको सहकारी संस्थाहरु अधिकांश समुदायमा आधारित नभएका सहकारी रहेको तथा समुदायमा सहकारी शिक्षाको कमी हुनु, संस्था नचिनि बचत जम्मा गर्दा ठुलो संख्यामा बचत रकम फिर्ता नभएको कुरा राख्नु भयो । जनसमुदायमा सहकारी शिक्षा दिनु पर्ने, सरकारबाट पनि सहकारी सम्बन्धी नीति नियम र निर्देशन कडाइका साथ लागु गर्नुपर्ने कुरा राख्नु भयो । संस्थाले गर्दै आएका विभिन्न सामाजिक उत्तरदायित्व बहन गर्ने किसिमका गतिविधि तथा क्रियाकलापहरुको बारेमा समेत जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका लेखासुपरिवेक्षण समितिका संयोजक लक्ष्मीभक्त दुवालले लेखा प्रतिवेदन, सचिव राजु छुकांले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने संस्थाका उपाध्यक्ष प्रनेश बाटी र प्रबन्धक प्रशान्त मानन्धर लगायतले पनि बोल्नु भएको थियो ।