पर्साको महालक्ष्मी सहकारीद्धारा १८ प्रतिशत लाभांश पारित, संस्थाको वित्तीय कारोबार उल्लेख्य प्रगति
पर्साको बीरगंज माईस्थान गीता मन्दिर रोडमा रहेकै पर्सा जिल्लाकै उत्कृष्ट संस्था महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. को २४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सो कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष ईश्वरचन्द्र गौतमले गर्नु भएका हो ।
सो संस्थाको आव २०८० ÷०८१ को बार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष गौतमले संस्थाको कुल आम्दानी रु ७ करोड ४४ लाख, खर्च रु ४ करोड ४९ लाख , संचालन मुनाफा रु २ करोड ८५ लाख रहेको उल्लेख गरिएको छ ।
त्यसैगरी संस्थाले आफ्ना सदस्यहरुलाई १८ प्रतिशत लाभाश वितरण गर्न सफल भएको छ । साथै संस्थाले ऋणि र बचत कर्ता सदस्यहरुलाई ३२ लाख ७४ हजार संरक्षित पुँजी फिर्ता कोषको रकम समेत वितरण गर्न सफल भएको हो ।
संस्थाले पुँजीकोष २० करोड पु¥याएर गीता मन्दिर रोडको उत्तर तर्फ पाँच तल्ले आफ्नो सुविधा सम्पन्न भवन निर्माण गरी संस्थालाई सबल र विश्वसनीय बनाउन समेत संस्था सफल भएको छ ।
कार्यक्रममा संस्थाका शेयरधनी सदस्य उपेन्द्र पंडितले शुभकामना मन्तव्य र धन्यवाद ज्ञापन अधिवक्ता बाल मुकुन्द खरेलले गर्नुभएको थियो ।
प्राध्यापक डा. दिपक शाक्यले स्वागत मन्तव्य राख्नुभएको हो ।
अन्तराष्ट्रिय सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालना गर्दै अगािड बढ्दै आईरहेको सो संस्थाले आफ्ना सदस्यहरुको आर्थिक जीवन स्तर उकास्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिँदै आईरहेको छ ।
