पर्साको महालक्ष्मी सहकारीद्धारा १८ प्रतिशत लाभांश पारित, संस्थाको वित्तीय कारोबार उल्लेख्य प्रगति

0 Shares

पर्साको बीरगंज माईस्थान गीता मन्दिर रोडमा रहेकै पर्सा जिल्लाकै उत्कृष्ट संस्था महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. को २४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सो कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष ईश्वरचन्द्र गौतमले गर्नु भएका हो ।
सो संस्थाको आव २०८० ÷०८१ को बार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष गौतमले संस्थाको कुल आम्दानी रु ७ करोड ४४ लाख, खर्च रु ४ करोड ४९ लाख , संचालन मुनाफा रु २ करोड ८५ लाख रहेको उल्लेख गरिएको छ ।
त्यसैगरी संस्थाले आफ्ना सदस्यहरुलाई १८ प्रतिशत लाभाश वितरण गर्न सफल भएको छ । साथै संस्थाले ऋणि र बचत कर्ता सदस्यहरुलाई ३२ लाख ७४ हजार संरक्षित पुँजी फिर्ता कोषको रकम समेत वितरण गर्न सफल भएको हो ।
संस्थाले पुँजीकोष २० करोड पु¥याएर गीता मन्दिर रोडको उत्तर तर्फ पाँच तल्ले आफ्नो सुविधा सम्पन्न भवन निर्माण गरी संस्थालाई सबल र विश्वसनीय बनाउन समेत संस्था सफल भएको छ ।
कार्यक्रममा संस्थाका शेयरधनी सदस्य उपेन्द्र पंडितले शुभकामना मन्तव्य र धन्यवाद ज्ञापन अधिवक्ता बाल मुकुन्द खरेलले गर्नुभएको थियो ।
प्राध्यापक डा. दिपक शाक्यले स्वागत मन्तव्य राख्नुभएको हो ।
अन्तराष्ट्रिय सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालना गर्दै अगािड बढ्दै आईरहेको सो संस्थाले आफ्ना सदस्यहरुको आर्थिक जीवन स्तर उकास्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिँदै आईरहेको छ ।

Leave a Reply