शुभ सन्देश बचत तथा ऋण सहकारी संस्थाको दसौं बार्षिक साधारण सभा सम्पन्न

0 Shares

शुभ सन्देश बचत तथा ऋण सहकारी संस्थाको दसौं बार्षिक साधारण सभा मंसिर २७ गते शनिबारका दिन स्टार दरवार प्रा.लि बल्खुमा सम्पन्न भएको छ संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठको सभापतित्व एंव कुलेश्वर आवास परिवार कल्याण संस्थाका अध्यक्ष राजु कुमार दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो साधारण सभामा संस्थाका अध्यक्ष श्रेष्ठले ०८१/०८२ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने बार्षिक आर्थिक प्रतिवेदन कोषाध्यक्ष कुवेर थापा तथा लेखा समिति समिति संयोजकको प्रतिवेदन लेखा समिति संयोजक सरोज थापाले गर्नुभएको थियो

 

सो सभामा अतिथिहरु हिमालयन एभरेष्ट इन्स्योरेन्स लि.कलंकी शाखाका शाखा प्रमुख वेनुपराज पौडेल,देवन सफ्ट आई स्मार्टका कार्यकारी प्रमुख बिष्णु महर्जन,संस्थाका उपाध्यक्ष जगन्नाथ तिवारी,सचिव हरिप्रसाद कोईराला,कोषाध्यक्ष कुवेर थापाले शुभकामना मन्तव्य राक्नुभएको थियो त्यसैगरी संस्थाले आर्थिक बर्ष ०८१/०८२ मा देवन सफ्ट प्रा.लि र प्लानेट अर्थ सोलुसन प्रा. लि सँग सहकार्य गरी संस्थाको शेयर सदस्यको बचत कारोबार तथा ऋण लगानी कारोबारको सुचना SMS बाट प्रदान गरी शुभ सन्देश स्मार्ट मोबाईल बैकिंङ सेवा प्रयोग गर्ने सदस्य संङ्ख्या ३९० जना पुर्‍याएको छ साथै संस्थाले ०८२/०८३ मा शुभ सन्देश मोबाइल बैंकिङमा सदस्यको मोबाइल नम्बरको आधारमा ब्यक्तिगत स्मार्ट क्यु आर गराई सदस्यहरुले जुनसुकै बैंकको

 

मोबाइल बैंकिङ एप मार्फत स्मार्ट क्यु आर स्क्यान गरी तुरुन्तै आफ्नो बचत खातामा रकम जम्मा गर्न सकिने सुविधा प्रदान गरेको छ त्यसैगरी साधारण सभाले जेष्ठ नागरिक सम्मान हिराकाजी महर्जन,सर्वोकृष्ट प्रविधि प्रयोगकर्ता विनोद कुमार खड्का,उत्कृष्ट बचतकर्ता प्रकाश नकर्मी,उत्कृष्ट कर्मचारी कुसुम राईलाई सम्मान तथा पुरस्कार वितरण गरी सभा सम्पन्न गरिएको संस्थाका ब्यवस्थापक मनिष कुमार झा ले जानकारी दिनु भयो

Leave a Reply