चीनमा सहकारीहरुले उत्पादनमूलक कार्य गरेको देखियो -शरदकुमार महर्जन

गएको असारमा अल चाइना मार्केटिङ एण्ड सप्लायर को–अपरेटिभ फाउण्डेसनको निमन्त्रणामा नेफ्स्कुनका अध्यक्ष डी.बी. बस्नेतको नेतृत्वमा हामी २१ जना सहकारीकर्मीहरु चीन भ्रमणमा गएका थियौँ । त्यस समयमा बेजिङ, जिनान र चेन्दुमा गयौँ हामी । आयोजकले ग्रेटवाल लगायतका केही ऐतिहासिक र पर्यटकीय स्थलहरुको भ्रमण गराए । त्यहाँ हामीहरु र चिनीया सहकारी प्रतिनिधिहरु वीच अन्र्तक्रिया भयो । एक अर्कामा सहकारी क्षेत्रका अनुभव आदान प्रदान गरियो । चीनमा सहकारीहरुले सप्लाई तथा उत्पादनमूलक कार्यहरु गर्दा रहेछन् । जस्तो ःचाइना कुप (ऋइइए) जिनान फ्रूट एण्ड भेजटेवल प्रोडक्ट क्वालिटी सुपर भिजन एण्ड टेष्ट सेन्टरले किसानहरुबाट संकलित फलफुलहरुबाट जुस , वाइन जस्ता चिजबिजहरु बनाउदोरहेछ भने अल चाइना फेडेरेसन अफ सप्लायर एण्ड मार्केटिङ को–अपरेटिभले किसानहरुबाट उत्पादित चिजबिजहरुलाई सप्लाई र मार्केटिङ गर्दो रहेछ । त्यहाँ बचत तथा ऋण सहकारी संस्थाहरु भने अति कम रहेको पाइयो ।
त्यहाँ गएर हेर्दा हाम्रो देशमा सहकारीको उद्देश्य अनुरुप उत्पादनका कार्यहरु जति गर्नु पथ्र्याे , त्यति गर्न नसकेको अनुभव भयो । हामी उत्पादनतिर जान सकेका छैनौँ । हामी कहाँ त केवल सबैभन्दा बढी बचत तथा ऋणको कारोवार मात्र भएको पाईन्छ ।
वि.सं. २०१६ सालमा तत्कालीन प्रधानमन्त्री वी.पी. कोइरालाले सहकारीको इजरायली मोडालिटी अगाडि बढाउन खोज्नु भएको थियो तर त्यो लागू गर्न दिएनन् । वि.सं. २०४८ सालपछि पनि त्यो लागू हुन सकेन ।
बचत तथा ऋण क्षेत्रमा जुन फड्को मारियो , त्यही अनुपातमा उत्पादनमूलक क्षेत्रमा फड्को मार्न सकिएको भए राम्रो हुन्थ्यो तर सकिएको छैन । अब हामी उत्पादनमूलक क्षेत्रमा लाग्नु अपरिहार्य छ ।
चीनको सहकारीको विकास हेर्दा हामीले सिक्नु पर्ने कुरा धेरै रहेछ । हामीले त्यहाँबाट सिक्दै र प्रयोग गर्दै जानु राम्रो हुने देखिन्छ ।
(उहाँसँग सहकारी सञ्जालले गरेको कुराकानीमा आधारित )
