मित्र सहकारीको ७ औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौंको दक्षिणकाली नगरपालिका चाल्नाखेल खहरेमा रहेको मित्र बचत तथा ऋण सहकारी संस्थाको ७ औं बार्षिक साधारण सभा दक्षिणकाली नगरपालिका मेयर मोहन बस्नेतको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष सन्तोष क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ ।
सो सभामा बोल्दै प्रमुख अतिथि बस्नेतले स्थानीय तह र सहकारी मिलेर दक्षिणकाली नगरपालिकले नमूना सहकारीको रुपमा काम गर्दै जाने बताए । साथै मित्र सहकारी संस्थाले उत्कृष्ट सहकारीको रुपमा कारोबार गर्दै आईरहेको पनि उनले प्रशंसा गरेका थिए ।
त्यस्तै अतिथिहरुमा सोहि नगरपालिकाकी उप– मेयर बसन्ती डंगोल, नगरपालिकाका बरिष्ठ अधिकृत दिपककुमार के.सी सहकारी सञ्जाल पत्रिकाका प्रकाशक ÷ सम्पादक कृष्णप्रसाद ढुंगेल, संस्थाका संस्थापक अध्यक्ष रामकुमार नगरकोटी दक्षिणकाली सहकारी समन्वयन समितिका अध्यक्ष विरेन्द्र बलामी, विभिन्न वडा कार्यालयका अध्यक्षहरु, विद्यालयका शिक्षिका लगायत विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष क्षेत्रीले आर्थिक बर्ष २०७४÷०७५ को प्रतिवेदन पेश गर्दै संस्थाले शेयरपूँजी ७१,६२,१००, बचत रकम ५,१५,६६,७८१, ऋण लगानी ४,०४,००१६४ गरेको सभामा उल्लेख गरेका थिए । सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको यस संस्थाले शेयर पूँजी, कारोबार र सदस्य संख्यालाई बृद्धि गर्दै लैजाने योजना समेत बनाएको छ ।