उत्पादनमूलक कार्य गर्न सहकारी ऐनमा स्पष्ट व्यवस्था छैन
-तीखवीर राई , अध्यक्ष , शुभलाभ बहुउद्देश्यीय सहकारी संस्था लि. , सातदोबाटो चोक , ललितपुर

बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई सहकारी ऐन , २०७४ ले ३ वर्षभित्र मुख्य कारोवार गर भन्छ तर सो ऐनमा नगरेमा के हुने र गर्दा खेरी कहाँ र कसरी गर्ने भन्ने स्पष्ट व्यवस्था छैन । यसले तिनलाई अन्यौलग्रस्त बनाएको छ ।
कुनै पनि परियोजनामा तिनका सदस्यहरुले लगानी गर्नको लागि त्यो ऐनमा आधारहरु छैनन् । जस्तै हाम्रो शुभलाभ बहुउद्देश्यीय सहकारी संस्था लि.मा ३,००० सदस्यहरु छन् । तिनीहरुमध्ये कति जनाले परियोजनामा सहभागिता जनाउने , त्यसको प्रतिफल वितरण कसरी गर्ने र पूँजी संरचना कस्तो हुने भन्ने जस्ता कुरा अष्पष्ट छ ।यदी बहुउद्देश्यीय सहकारी संस्था लि. का सिमित सदस्यहरुले परियोजना सञ्चालन गरे बाँकी सदस्यहरुलाई प्रतिफल वितरण गर्ने कि नगर्नेे , त्यो परियोजना सञ्चालन गर्दा कसरी गर्ने , यदी सबै सदस्यहरुले परियोजना सञ्चालन गर्ने हो भने कुन आधारमा गर्ने जस्ता कुराहरु ऐन तथा नियमावलीमा प्रष्ट हुनुपरो ।
