आयल निगमले फेरि बढायो पेट्रोल र डिजेलको मुल्य

नेपाल आयल निगम लि. ले गए राती १२:०० बजेबाट पेट्रोल र डिजेलमा प्रति लिटर २/२ रुपैया मुल्य बढाएको छ । भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मुल्य सूची अनुसार मुल्य बढेको नेपाल आयल निगमले जनाएको छ । मुल्य बढेसँगै पेट्रोलको मुल्य रु.११० र डिजेलको मुल्य रु. ९७ पुगेको छ ।