हाम्रो स्वनिग: साकोसको यस वर्ष रु.४६,९५,२७०/६७ खुद नाफा भएको छ

– हरिगोविन्द महर्जन ,का.वा. अध्यक्ष , स्वनिग: बचत तथा ऋण सहकारी संस्था लि. दुपाट , ललितपुर

‘सदस्यहरुको सम्मान , हाम्रो पहिचान’ भन्ने नाराराई अंगिकार गरी इमान्दारिता , पारदर्शिता र कुशलताका साथ सञ्चालन भइरहेको स्वनिग: बचत तथा ऋण सहकारी संस्था लि.को  गएको पुस २१ गते ललितपुर महानगरपालिकाका मेयर चिरीवावु महर्जनको प्रमुख आतिथ्यतामा १०औँ वार्षिक साधारण सभा सम्पन्न भयो । मेरो अध्यक्षतामा सम्पन्न साधारणसभा उद्घाटन गर्दै प्रमुख अतिथि महर्जनले हाम्रो यस संस्थाले सामाजिक , आर्थिक तथा सांस्कृतिक क्षेत्रमा पु-याइरहेको योगदानप्रति खुशी व्यक्त गर्नुभयो । सहकारी क्षेत्रले समुदायको जीवनस्तर उकास्ने ढंगबाट कार्यक्रम अगाडि बढाउनु पर्नेमा उहाँले  जोड दिनु भयो । त्यस अवसरमा यस ललितपुर महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष कुलबहादुर महर्जनले सहकारी क्षेत्रको विकास तथा प्रवर्द्धनमा आफू सधै लागिरहने बताउनु भयो । संस्थाका सचिव गोपालकृष्ण महर्जनले सञ्चालन , सञ्चालक सदस्य राम महर्जनले स्वागत मन्तव्य व्यक्त गरेको र ललितपुर महानगरपालिका सहकारी शाखाका कर्मचारी चिरञ्जीवी पौडेलको पनि उपस्थिति रहेको साधारणसभामा यस संस्थाका कोषाध्यक्ष संजीव महर्जनले संस्थाको आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । त्यस अवसरमा भीमरथारोहण (७८ वर्ष पुगेका)भइसकेका यस संस्था जेष्ठ शेयर सदस्यहरु : कृष्णलाल महर्जन , रेणुमाया महर्जन , विष्णु महर्जन , अष्टमाया महर्जन , हरिमाया महर्जन , मैंया महर्जन , सानु महर्जन , यचु महर्जन , अष्टमाया महर्जन , किसलाल महर्जन , महन्तलाल महर्जन ,नानी महर्जन र तुयु महर्जनलाई सम्मान गरियो । त्यस अवसरमा शेयर सदस्यहरु रजश्री महर्जनका छोरा राजेश महर्जन , रुबेक महर्जनका छोरा बाबुराजा महर्जन , ज्योति सिंह महर्जनकी छोरी कमला सिंह , सोफिया महर्जनका  छोरा दीपलाल महर्जन र सतिश महर्जनकी छोरी रुपा महर्जन २०७४ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट अंकका साथ उतीर्ण भएकोमा उनीहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो ।

आर्थिक वर्ष २०७३/७४ को तुलनामा आर्थिक वर्ष २०७४/७५ मा शेयर पूँजी ८४.८३ प्रतिशत , निक्षेप संकलन ३०.८० प्रतिशत , लगानीतर्फ ३४.५४ प्रतिशत र आर्थिक वृद्धि दर ३४.५८ प्रतिशतले बृद्धि भएको छ । जसका कारण आर्थिक वर्ष २०७४/७५ मा यस संस्थामा ६९४ जना महिला र  ६१८ जना पुरुष गरी १३२१ जना शेयर सदस्य , रु.२७,२०,४२,५३४/८९ बचत संकलन , रु.१,८७,७९,६०० शेयर पूँजी , रु.४६,९५,२७०/६७ खुद नाफा रहेको र १० प्रतिशत शेयर सदस्यहरुलाई  १० प्ररतिशत लाभांश वितरण गरिएको छ । चालु आर्थिक वर्ष २०७५/७६ मा यस संस्थाले शेयर पूँजी रु.२,२५,००,००० पु-याउने , संस्थमा आवद्ध सदस्यहरुलाई दैनिक बचत गर्ने बानी बसाल्दै जान नगद संकलक (बजार प्रतिनिधि) , नियुक्त गर्ने , संस्थाको कर्जा लगानी अझ बढी प्रभावकारी ढंगले लगानी गर्दै जाने साथै हाल उपलव्ध गराउदै आएको लगानी मध्ये ‘अटो लोन’  र अरु ऋणमा सहजीकरण गर्दै जाने ,    कार्यालयको दैनिक कार्य सुचारु रुपले सञ्चालन गर्न र समयमै सम्पन्न गर्नको लागि १स्कुटर खरिद गर्ने व्यवस्था गर्ने , संस्थामा कार्यरत कर्मचारीहरुको कार्यदक्षता अभिवृद्धिको लागि आवश्यक विषयगत शिक्षा तथा तालिम प्रदान गर्ने साथै सस्थाको दैनिक कार्य विस्तारै बढ्दै जाँदा हाल कार्यरत  कर्मचारीहरुबाट मात्र  कार्य गर्न कठिन हुने हुँदा आवश्यक कर्मचारी व्यवस्था गर्नको लागि छुट्टे छनौट उपसमिति गठन गरी छनौट प्रक्रिया अपनाउने , यस संस्थाका सदस्यहरुलाई सहकारी सम्बन्धी प्रारम्भिक शिक्षा प्रदान गर्ने , संस्थाको सञ्चालक , लेखा  तथा विभिन्न उपसमितिलाई विषयगत शिक्षा तथा तालिम प्रदान गर्ने , सहकारी क्षेत्रका उत्कृष्ट सहकारीको भ्रमण तथा अवलोकन गराउने साथै सस्थाको स्वावलम्वन र क्षमताको लागि विभिन्न कार्यशाला गोष्ठी सञ्चालन गर्ने , समाजका जेष्ठ नागरिकहरुको अनुभव , कार्य दक्षता र मेहनतको कदर गरी पुराना पुस्तालाइ आदर र सम्मान गर्ने हेतुले जेष्ठ नागरिकहरुलाई समय -समयमा विभिन्न ऐतिहासिक तथा धार्मिक स्थल अवलोकन गराउने र भीमरथारोहण गयी सक्नु भएका जेष्ठं शेयरधनीहरुलाई अभिनन्दन  गर्ने , यस आर्थिक वर्षदेखि सामुहिक ब्रतबन्ध तथा ईही (बेलविवाह) जस्ता कार्यक्रम सञ्चालन गर्दै जाने ,  शिविर सञ्चालन गर्ने , यस संस्थाका महिला सदस्यहरुलाई अझ सवल , र आत्मनिर्भर बनाउन ज्ञान , सीपमूलक तथा आयमूलक तालिम सञ्चालन गर्दै जाने र साना व्यवसाय गर्नको निमित्त सर्वसुलभ रुपमा ऋण समेत उपलव्ध गराउने , यो संस्थाका  शेयर सदस्यको निधन भएमा  निजको नातेदारलाई आर्थिक सहयोग स्वरुप रु.५,००० उपलव्ध गराउने कार्यक्रम रहेको छ । यस संस्थाको सम्पति जोड्ने क्रममा ललितपुर महानगरपालिका वडा नं. ७ स्थित १ आना जग्गा खरिद गर्ने , जो पास गर्ने प्रक्रियामा रहेको छ ।

Leave a Reply