माघे झरीले जनजीवन प्रभावित
गएको विहीवारबाट काठमाडौं उपत्यका सहित देशका अधिकांश भू-भागमा परेको माघे झरीका कारण चिसो बढेको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिउँ परेको छ । जसका कारण चिसोका बढेर जनजीवनमा असर देखिएको । चिसोले मानिसहरुको स्वास्थ्यमा समेत असर परेको देखिएको छ ।

भोलिबाट विस्तारै मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखा स्रोतले जनाएको छ ।
