बागमती सरसफाई महाअभियानले ३०० हप्ता पार ग-यो
त नेपाल सरकारका तत्कालीन मुख्य सचिव लीलामणि पौडेलको अगुवाईमा २०७० सालबाट शुरु भएको बागमती सरसफाई महाअभियानले हिजोबाट ३०० हप्ता पार गरेको छ । हिजो बागमती र मनोहरा खोला दोभान आसपासमा सरसफाई गरिएको थियो । बागमती सरसफाई अभियानका अभियन्ताहरु , नेपाली सेना , नेपाल प्रहरी , शसस्त्र प्रहरी , नागरिक समाज , बागमती आसपासका स्थानीयबासीहरु , विद्यार्थी लगायतका १० लाख हातहरु बागमती सरसफाई महाअभियानमा सहभागी भएको बताइएको छ । बागमतीका नाममा रु. ७ अरव खर्च भएको बताइएको छ ।
यतिबेला बागमतीका अतिरिक्त विष्णुमती , रुद्रमती , हनुमन्ते लगायत काठमाडौं उपत्यकाका १२ वटा तथा सडक सरसफाई भइरहेको छ तर ढलहरु भने बागमती सहित खोलाहरुमा अहिले पनि मिसिरहेको देखिन्छ भने खोला छेउका सुकुम्बासी वस्तीहरुबाट पनि फोहोर बागमती सहितका खोलाहरुमा मिसिरहेको देखिन्छ । जसले गर्दा बागमती सहितका खोलाहरु केही हदसम्म सफा भएपनि पूर्ण रुपमा सफा भएको छैन ।

यता बागमती सरसफाई महाअभियानको नाममा विभिन्न व्यक्ति , संघ /संस्थहरुले आफ्नो स्वार्थ पूरा गर्ने माध्यम बनाएको पनि पाइन्छ । बैंक , वित्तीय संस्था , उद्योग सहितले बागमती किनारमा तिनीहरुका प्रचारात्मक होडिङ बोर्डहरु राखिएका छन् ।
बागमती र त्यसका सहायक खोलाहरु पूर्ण रुपमा सफा बनाउन खोला छेउका सुकुम्बासी वस्ती हटाउनु पर्ने , खोलामा ढल मिसिन दिन नहुने , खोला छेउका सबै होडिङ बोर्ड हटाउन सकिएमा मात्रै बागमती सरसफाई महाअभियानले सार्थकता पाउने वगगमती सरसफाई महाअभियानका सहभागीहरुको भनाई छ ।
