आल्मुनियमको बजारमा माग राम्रो छ

-सोहन श्रेष्ठ , युवा उद्यमी तथा व्यवसायी

 

सोहन श्रेष्ठ सक्रिय तथा मेहनती युवा उद्यमी तथा व्यवसायी हुनुहुन्छ । उहाँले विगत १० वर्षदेखि फर्निसिङ व्यवसाय  र विगत एक वर्षदेखि अल्मुनियम उद्योग सञ्चालन गरिरहनु भएको छ । सहकारी सञ्जालले उहाँसँग फर्निसिङ व्यवसाय र आल्मुनियम उद्योगको अवस्था लगातका विषयमा केन्द्रित रहेर कुराकानी गरेको थियो । प्रस्तुत छ – उहाँसँगको कुराकानी ।

 

१. अहिले तपाई के गर्दै हुनुहुन्छ ?

~म व्यापार व्यवसाय र उत्पादनमूलक काम गरिरहेको छु ।

२. तपाई के सम्बन्धी व्यापार गरिरहनु भएको छ ?

~घर तथा आफिस डेकोरेशनसँग सम्बन्धित पर्दा , कार्पेट जस्ता फर्निसिङ् सामानको व्यापार गर्छु । यसका साथै घर तथा अफिसका लागि आवश्यक पर्ने आल्मुनियमका झ्याल , ढोका निर्माण गरी विक्री वितरण पनि गरिहेको छु ।

३. तपाईलाई ग्राहकले कसरी सम्पर्क गर्ने नि ?

~काठमाडौ महानगरपालिका -३२ , कोटेश्वर नरेफाँटमा मोरो न्यू भद्रकाली फर्निसिङ हाउस र न्यू भद्रकाली अल्मुनियम उद्योग सञ्चालनमा छन् । कसैलाई कार्पेट , पर्दा लगायतका फर्निसिङका सामान तथा आल्मुनियमका झ्याल ढोका चाहिएमा नरेफाँटमा रहेको न्यू भद्रकाली फर्निसिङ हाउस र न्यू भद्रकाली अल्मुनियम उद्योगमा सीधा या  फोन नं. -०१-५१४९१९४ र मोवाइल नं. ९८०७२५४६२९ मा सम्पर्क गर्न सकिने छ ।

४. तपाई फर्निसिङ व्यवसाय र अल्मुनियम उद्योगको क्षेत्रमा कसरी लाग्नु भयो ?

~काठमाडौंको कलंकीमा मेरो भाइको फर्निसिङ पसल थियो । त्यहाँ आउजाउ गर्दै जाँदा यसप्रति मेरो आक्रषण बढेर म यो काममा लागेँ । विगत १० वर्षदेखि मेरो फर्निसिङ पसल र १वर्षदेखि अल्मुनियम उद्योग चलिरहेको छ । यो उद्योगमा ४ जना कर्मचारीले काम गरिरहेका छन् । फर्निसिङ व्यवसाय र अल्मुनियम उद्योगमा गरी ७ जना स्टाफ कार्यरत छन् ।

५. तपाईले राज्यबाट कुनै सहयोग या सुविधा पनि प्राप्त गरिरहनु भएको छ कि ?

~हामीलाई राज्यको तर्फबाट त्यस्तो कुनै सहयोग तथा सुविधा प्राप्त भएको छैन । बरु मैले राज्यलाई आय कर चाहिँ नियमित रुपमा तिरिरहेको छु ।

६. अहिले कार्पेट , पर्दा सहितका फर्निसिङ सामानको व्यापारको अवस्था कस्तो छ ?

~पहिलेको तुलनामा अहिले कार्पेट , पर्दा लगायतका फर्निसिङका सामानको व्यापार राम्रो छ ।

७. अल्मुनियमका झ्याल , ढोका लगायतका सामानको बजारमा माग कस्तो छ नि ?

~नयाँ – नयाँ घरहरु बन्ने क्रम बढेसँगै निर्माणाधीन घरहरुमा आल्मुनियमका झ्याल ढोकाहरुको माग बढिरहेको अवस्था छ ।

८. राज्यको तर्फबाट कस्तो खाले सहयोग प्राप्त भयो भने यो फर्निसिङ व्यवसाय र अल्मुनियम उद्योग अझ राम्रोसँग चल्छ भन्ने लाग्छ ?

~यो अल्मुनियम उद्योग र फर्निसिङ व्यवसायमा ठूलो लगानी गर्नु पर्ने भएकोले राज्यले न्युनतम व्याज दरमा ऋण उपलब्ध गराई दिए यो उद्योग र व्यवसाय अझै राम्रोसँग चलाउन सकिने थियो ।

९. तपाई त पहिला फोटोग्राफी नि गर्नु हुन्थ्यो नि ?

~१०/१२ वर्ष अगाडि म फोटोग्राफी र भिडियोग्राफी पनि गर्थे । यतिबेला भने फर्निसिङ व्यवसाय र आल्मीनियम उद्योगमा व्यस्त  हुनुपरेकोले त्यसमा त्यति समय दिन सकिरहेको छैन तर स्टुडियो अहिले पनि चलिरहेको छ ।

१०, स्टुडियोको अवस्था कस्तो छ ?

~स्टुडियोमा आउने ग्राहकलाई सेवा दिने काम भइरहेको छ । यो सामान्य रुपमा चलेको छ ।

११. उद्योग र व्यवसाय सञ्चालन गरिरहदा तपाईले कस्तो अनुभूति गरिरहनु भएको छ ?

~मेरो अनुभूति के छ भने –  अल्मुनियमका झ्याल ढोकाको बजारमा माग राम्रो छ । यसबाट कमाई पनि राम्रो छ तर नेपालमा काम गर्ने दक्ष जनशक्तिको अभावले गर्दा काम गर्न गाह्रो भएको छ । राज्यले युवाहरुलाई स्वरोजगार बनाउने तालिम प्रदान गरी स्वदेशसमै काम गर्ने वातावरण बनाउन सके यो उद्योग र व्यापार फष्टाउन सक्छ भन्ने लाग्छ ।

१२. अन्त्यमा केही भन्नु छ कि ?

धेरै लामो समय पछि देशमा दुईतिहाई बहुमतको सरकार सञ्चालन भइरहेको अवस्था छ । यो सरकारले आर्थिक तथा सामाजिक रुपान्तरणका काम अगाडि बढाई देशमा सुशासन कायम गर्न सकोस् । उद्योगधन्दा तथा व्यापार व्यवसाय राम्रोसँग सञ्चालन हुने अवस्था निर्माण होस् । उत्पादनमूलक क्षेत्रमा लगानी गरी रोजगारी सिर्जना गर्ने वातावरण बनाउन सकोस् ।धन्यवाद ।

Leave a Reply