आज प्रणय या प्रेम दिवस अर्थात भ्यालेनटाइन डे मनाइदै
आज फरवरी १४ को दिन अर्थात प्रेम या प्रणय दिवस या भ्यालेनटाइन डे विश्वभर अविवाहित या विवाहित व्यक्तिहरुले आफ्ना प्रेमी प्रेमिकालाई शुभकामना आदान प्रदान गर्ने तथा उपहार प्रदान गरी मनाइरहेका छन् ।

प्रेम शुरु गरेका प्रेमीले आफ्नो सम्बन्ध बलियो बनाउन र प्रेम सम्बन्धमा रहेका विवाहित या अविवाहित जोडी वीचको प्रेम सम्बन्ध झन गाढा बनोस भनेर शुभकामना प्रदान गरिने गरिन्छ । विशेष गरी युवा उमेरका मानिसहरुले मनाउने यो दिवस नेपालमा पनि केही वर्षदेखि मनाउने गरिएको छ । विशेष गरी युवा युवतीहरुको यसमा आक्रषण बढिरहेको छ ।

। यो दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएका समाचार प्राप्त भइरहेका छन् ।
रोमका पादरी सेन्ट भ्यालेनटानको सम्झनामा यो दिवस मनाउने गरेको गरिन्छ । तत्कालीन रोमका सम्राट क्लाउडियस द्वितीयले युवा युवतीलाई प्रेम र विवाह गर्न दिइयो भने सेनामा प्रभाव पर्दछ भनेर प्रेम र विवाहलाई प्रतिवन्ध लगाएका थिए । पादरी सेन्ट भ्यालेनटानले प्रेम र विवाहलाई रोक्नु धर्म विरोधी हुने भन्दै युवा जोडीहरुको सार्वजनिक स्थलमा विवाह गरी सो प्रतिवन्ध उलंघन गरेका थिए । त्यही कारण ई.पू. २७० फरवरी १४ मा सेन्ट भ्यालेनटानलाई फासीमा झुण्डायाएर मृत्युदण्ड दिइएको भनाई छ । त्यही सम्झनामा यो दिवस मनाउने गरेको देखिन्छ ।
महाभारत ग्रन्थका पात्रहरु राधा र श्रीकृष्ण वीचको प्रेमलाई सम्झनेहरु पनि भेटिन्छ ।
