नेपाली महिला फुटवल टोलीले आज फाइनल खेल खेल्दै
भारतको उडिसा राज्यको भुवनेश्वरीमा जारी हिरो गोल्डकप बुटवल प्रतियोगितामा आज नेपाली महिला फुटवल टोली म्यानमारसँग फाइनल खेल खेल्दैछ ।

नेपाल , भारत , इरान र म्यानमार सम्मिलित प्रतियोगितामा नेपाल म्यानमासँग पराजित भएको थियो तर नेपालद्वारा भारत र इरान पराजित भएका थिए । म्यानमारले भने सतप्रतिश जीत निकालेको थियो , जसका कारण म्यानमार विजेता र नेपाल उप-विजेता बनेर फाइनल प्रवेश गरेका दिए । आजको फाइनल खेल नेपालका लागि लिग चरणमा म्यानमारसँग भोगेको पराजयको बदला लिने अवसर छ भने म्यानरमारका लागि नेपाललाई हराएर प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई पूरा गर्ने अवसर हुनेछ । नेपाली महिला बुटवल टोली आजको खेल जित्ने योजनाका साथ मैदानमा उत्रने योजनामा रहेको बताइएको छ ।
