नेपाली महिला फुटबल टोलीको बिजेता बन्ने धोको अधुरै , नेपालकी सावित्रा भण्डारी र म्यानमारकी यु यु उ बने उत्कृष्ट गोलकर्ता

भारतको दक्षिणी राज्य उडिसाको भुवनेश्वरीमा हिजो सम्पन्न हिरो महिला गोल्डकफ बुटवल प्रतियोगिताको फाइनलमा म्यानमरसँग ३-० गोल अन्तरमा पराजित भएपछि नेपाली महिला बुटवल टोलीको विजेता बन्ने धोको अधुरै रह्यो । नेपाल , भारत , इरान र म्यानमर सम्मिलित प्रतियोगिताको लिग चरणमा नेपालले भारत र इरानलाई हराएको थियो तर  म्यानमारसँग भने नेपाल लिग चरणको खेलमा पनि  पराजित भएको थियो ।

फाइन खेलको पहिलो हाप १-१ गोलको बराबरीमा सकिएपनि दोस्रो हापमा म्यानमारले थप २ गोल गरेको थियो भने नेपालले गोल गर्न सकेन।

प्रतियोगिताको विजेता म्यानमारले भा.रु. ७ लाख र उप-विजेता नेपालले भा.रु.५ लाख पुरस्कार प्राप्त गरेका थिए ।

प्रतियोगितामा ४-४ गोल गरी सर्वोत्कृष्ट गोलकर्ता बनेका नेपालकी सावित्रा भण्डारी र म्यानमारकी यु यु उले संयुक्त रुपमा भा.रु.१ लाख प्राप्त गरेका थिए भने प्रतियोगितामा उत्कृष्ट गोल किपर म्यानमारकी जार जा म्याले भा.रु.१लाख , सर्वोत्कृष्ट खेलाडी विन ब्याङ्गी तुङ्ले भा.रु. १लाख ५० हजार र उत्कृष्ट टोली बनेको म्यानमारको महिला फुटबल टोलीले भा.रु.३ लाख पुरस्कार प्राप्त गरेका थिए ।

Leave a Reply