महिला साप च्याम्पियनसीप बुटवलमा नेपाल समूह विजेता

महिला साप च्याम्पियनसीप फुटलव प्रतियोगिता अन्तर्गत आज भएको नेपाल र बंगलादेश बीचको खेलमा आयोजक नेपाल ३-० गोल अन्तरले विजयी भएको छ । योसँगै नेपाल समूह ‘ए’को विजेता र बंगलादेश उप-विजेता बनेर सेमिफाईनलमा प्रवेश गरेका छन् । पहिलो हापको ३० मिनेटभित्र नेपालले ३ गोल गरेको थियो । खेलको छैटौँ मिनेटमा बंगलादेशी खेलाडीबाट आत्मघाती गोलको उपहार पाएको नेपालको लागि २३ औँ मिनेटमा सावित्रा भण्डारी र २८औँ मिनेटमा मञ्जलीकुमारी योञ्जनले एक गोल गर्नु भएको थियो । खेलको पहिलो हापमा कमजोर खेल खेलेको बंगलादेशका खेलाडीले दोस्रो हापमा सुधारिएको खेल पस्के पनि गोल गर्न भने सकेन । पहिलो हाबमा ३ गोल गरेपनि दोस्रो हाफमि भने नेपालले गोल गर्न सकेन । विराटनगरको शहीद मैदानमा भइरहेको प्रतियोगिता अन्तर्गत भोलि दिउसो २:५० बजे समूह ‘बी’अन्तर्गत भारत र श्रीलंका बीच खेल हुनेछ । समूह ‘बी’को उप-विजेतासँग नेपालले र विजेतासँग बंगलादेशले सेमिफाइन खेल खेल्ने छ ।