भद्रावती साकोसमा१,२०० शेयर सदस्य र रु. १ करोड ९० लाख शेयर पूँजी रहेको छ
काठमाडौं महानगरपालिका -३२ , कोटेश्वर सहयोगीनगरमा रहेको भद्रावती बचत तथा ऋण सहकारी संस्था लि.ले गएको असोज ६ गते सम्पन्न आफ्नो ९औँ वार्षिक साधारणसभाले पारित गरेको कार्ययोजना कार्यान्वयन गरिरहेको सो संस्थाका प्रबन्ध सञ्चालक पदमबहादुर श्रेष्ठको भनाई छ ।
त्यस संस्थाका अध्यक्ष जयबहादुर खड्काको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को लागि (१) शिक्षा उप-समितिलाई सक्रिय बनाई यस आर्थिक वर्षभित्र कम्तीमा २५० जना सदस्यहरुलाई वित्ती साक्षरता प्रदान गरिने (२) सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति र अन्य विषयगत उप-समितिहरु र कर्मचारीहरुको लागि क्षमता अभिबृद्धिका तालिमहरुमा भाग लिइनेछ (३) राष्ट्रिय सहकारी दिवसको अवसर पारी कुनै एक सामाजिक कार्यक्रमको आयोजना गरिनेछ (४) संस्था स्थापना दिवसको अवसर सहकारी विषयक अन्तर सहकारी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिनेछ र (५) आर्थिक वर्ष २०७५/७६ मा संस्थाको शेयर पूँजी रु.२ करोड , बचत रु. ११ करोड , वाह्य ऋण रु.१ करोड ९० लाख , चालु दायित्व रु.२० लाख , ऋण लगानी रु.१२ करोड ८५ लाख , कुल आम्दानी रु. २ करोड १७ लाख , कुल खर्च रु.१ करोड ६७ लाख र आयकर अघिको नाफा रु. ५० लाख पु-याउने लक्ष्य रहेको छ भने संस्थाको आगामी पञ्च वर्षीय योजना अन्तर्गत (१)सदस्यहरुको व्यक्तिगत क्षमता विकास गराई व्यवसायिक , उद्यमशील तथा समृद्ध सदस्य बनाउने (२) गुणस्तरीय सेवा सहित समुदायको नमुना वित्तीय साकोसको स्थापना गर्ने (३) शेयर सदस्यहरुलाई सामाजिक सुरक्षा प्रत्याभूति गर्ने खालका कार्यक्रम गराउने (४) कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्ने संस्थागत सुशासन कायम गरिनेछ (५) र

(६) आर्थिक वर्ष २०७५/७६ सालबाट आर्थिक वर्ष २०७९/८० सम्ममा शेयर पूँजी रु.३,००,००,००० , बचत निक्षेप रु.३०,००,००,००० , ऋण लगानी रु. ३२,००,००,००० , जगेडा कोष रु.२,००,००,००० , अन्य कोष रु. ७५,००,००० , जोखिम व्यवस्थापन रु.६०,००,००० , कारोवार रु.४०,००,००,००० र सदस्य संख्या २,५०० पु-याउने लक्ष्य रहेको उल्लेख छ ।
काठमाडौं महानगरपालिका अन्तर्गत रहेको त्यस संस्थामा हाल शेयर सदस्य १,२०० , कर्मचारी ८ जना , शेयर पूँजी रु.१ करोड ९० लाख , बचत रु. ९ करोड ५० लाख , कर्जा लगानी रु. १० करोड ४९ लाख र कुल कारोवार रहेको र यसले आफ्ना शेयर सदस्यहरुलाई ११ प्रतिशत लाभांश वितरण गरेको संस्थाका प्रबन्ध सञ्चालक श्रेष्ठको कथन छ । सहकारी सञ्जालसँग कुरा गर्दै उहाँले राष्ट्रिय सहकारी दिवसमा सरसफाई लगायतका रचनात्मक कार्य गर्ने बताउनुभयो । सहकारी विभागले सञ्चालन गरिरहेको कोपोमिस कार्यक्रम कस्तो लागिरहेको भन्ने जिज्ञाशाको जवाफमा ‘ कोपोमिस कार्यक्रमबारे आफूले सुनेको तर राम्रोसँग बुझी नसकेको अवस्था रहेको उहाँको भनाई छ । काठमाडौं महानगरपालिका अन्तर्गत रहेकाले यसको कार्यमा खासै कठिनाई नभएपनि सहकारी नियमावली अभावमा काम गर्न अफ्ठ्यारो भइरहेको अवस्था रहेकोले चाडो भन्दा चाडो सहकारी मैत्री सहकारी नियमावली कार्यान्वनमा आउनु पर्ने , सहकारी ऐन , २०७४ मा व्यवस्था भएको महानगरपालिका , उप-महानगरपालिका , नगरपालिका र गाउँपालिकामा सञ्चालनमा रहेका सहकारीको लागि १०,७, ५ र ० प्रतिशत आय करको व्यवस्थालाई अक्षरश: कार्यान्वयन गर्नु पर्ने र बचत तथा ऋणको कारोवार गर्ने सहकारीलाई पनि उत्पादनमूलक कार्यमा लाग्ने वातावरण राज्यले बनाई दिनु पर्ने उहाँको थप भनाई छ । ‘सहकारी कर्जा सूचना केन्द्र अत्यावश्यक भएकोले राज्यले कर्जा सूचना केन्द्र सञ्चालनमा ल्याओस् ‘
