विन्धवासिनी साकोस २६औँ वार्षिकोत्सव सम्पन्न , यसै वर्षभित्र उसका ४ सेवा केन्द्र विस्तार गरिदै
२६औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा काभ्रेको बनेपामा रहेको विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.ले राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.वी.उप्रेतीको प्रमुख आतिथ्यतामा वार्षिक उत्सव कार्यक्रम सम्पन्न ग-यो । सो संस्थाका अध्यक्ष प्रदीप थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लि. का अध्यक्ष उप्रेतीले सो संस्थाले सामाजिक , आर्थिक तथा सांस्कृतिक क्षेत्रमा योगदान पु-याउथै निरन्तर रुपमा गरिरहेको प्रगतिको लागि सो संस्थालाई बधाई ज्ञापन गर्दै यस संस्थाले उत्पादनमूलक कार्यमा थप केन्द्रित हुनु पर्नेमा जोड दिनुभयो । त्यस अवसरमा सो संस्थाका अध्यक्ष प्रदीप थापाले संस्थाको बर्तमान अवस्थाको बारेमा प्रष्ट पार्दै यसै बर्षभित्र यसका ४ वटा सेवा केन्द्र विस्तार गर्ने योजना रहेको बताउनुभयो । ‘यस संस्थाको कारोवारलाई थप व्यवस्थित गर्न ट्याव्लेट बैंकिङ्ग र मोवाइल घुम्ती सेवा सञ्चालन गर्ने’ उहाँको थप भनाई थियो । त्यस अवसरमा जेष्ठ नागरिक , आर्थिक वर्ष२०७४/७५ का सो संस्थामा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य , असल ऋणी र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो भने दलित विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरियो । सो वार्षिक उत्सवको अवसरमा सांस्कृतिक कार्यक्रम तथा रक्तदान कार्यक्रम सम्पन्न भहएको थियो । त्यस अवसरमा संस्थाका शेयर सदस्यहरुलाई एटीएम (ATM) कार्ड नि:शुल्क वितरण गरिएको थियो । काभ्रेमा मात्रै नभई देशकै सहकारी अभियानमा बेग्लै छवि बनाएको विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. का समूहगत र क्षेत्रगत आधारमा १४६५ वटा समूह मार्फत ३१ हजार शेयर सदस्य र ६ हजार ९ सय शैक्षिक वाल बचतकर्ता सहित कूल ३७ हजार ९ सय सदस्य रहेका छन् भने यसको रु. २ अरव ३५ करोड सम्पति , रु. २ अरव ३३ करोड पूँजी रहेको र यही माघ मसान्तसम्म २ अरव ५६ करोड २ लाख ९९ हजार कारोवार भएको सो संस्थाले जनाएको छ ।
