राष्ट्रिय सहकारी बैंक लि., लगनखेल शाखाले ग-यो लेखा व्यस्थापन तालिम
राष्ट्रिय सहकारी बैंक लि. लगनखेल शाखाको आयोजनामा ४ दिने लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । ३१ जना प्रतिनिधिहरु सहभागी सो तालिमको सहजीकरण सहकारी प्रशिक्षक अनिलवीर मान्धरले गर्नु भएको थियो ।
सो तालिम समापनको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लि. का सञ्चालक तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामहरि बजगाई र सो बैंकका तालिम विभाग प्रमुख रामबाबु आचार्यले तालिममा सहभागी प्रशिक्षार्थीले यो तालिमबाट पाएको ज्ञान र सीप व्यवहार कार्यान्वयन गर्नु हुनेछ भन्ने विश्वास व्यक्त गर्नु भयो । ललितपुरको लगनखेलमा रहेको सञ्चय कोष भवनमा भएको समापन कार्यक्रमको सञ्चालन रमा घिमिरेले गर्नु भएको थियो । यो तालिमबाट महत्वपूरण कुरा सिक्ने अवसर पाएको तालिममा सहभागी प्रशिक्षार्थीहरुको भनाई छ ।
