नेचुरल सहकारीले दियो ५०० भन्दा बढिलाई दन्त सेवा
काठमाडौंको जोरपाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले हिमाल डेण्टल हस्पिटलको सहकार्यमा दन्त परीक्षण शिविर संचालन कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त दन्त शिविरबाट स्थानीय, कर्मचारी, विद्यार्थी, संस्थाका सदस्यहरु समेत गरी ५०० जना भन्दा बढिलाई उक्त सेवा प्रदान गरिएको संस्थाका व्यवस्थापक शैलेश कोईरालाले जानकारी दिएका छन् ।
हिल साईड एकेडेमी शंखरापुर साँखुमा संचालन गरिएको उक्त बृहत दन्त शिविरबाट विशेष गरी साँखु क्षेत्रका स्थानीयहरुले उक्त सेवा बढि मात्रामा लिईएको जनाइएको छ ।
उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत विकल्प पाठक, हिल साईड एकेडेमीका सभापति रमेश तिवारी, हिमाल डेण्टलका प्रबन्ध निर्देशन डा. राजेन्द्र भट्ट, साँखु सेवा केन्द्रका प्रमुख घनश्याम नेपाल, नयाँ बजार सेवा केन्द्रका शाखा प्रमुख अशोक राई लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सदस्यहरुको सेवामा रहेर सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रमहरु निरन्तर संचालन गर्दै आईरहेको यस संस्थाले आगामी दिनहरुमा पनि यस्ता थप कार्यक्रमहरु संचालन गर्दै जाने लक्ष्य राखेको जनाईएको छ ।
