215 Shares

-सीता निरौला

गढेको यो मनमुटावको खिल झिकी फालौँ अब
धेरै भयो अन्धकार मनको दियो बालौँ अब

टेक्ने धरा एउटै हाम्रो ओढ्ने आकाश एउटै
भ्रमरुपी तुषलाई स्नेहले गालौँ अब

उल्झनको पहाड आफैँ सम्याउन सकिन्छ नि
वैरभावले चुहिएको मनको छानो टालौँ अब

नयन भिन्न भए के भो साँचेकाछौँ एउटै दृश्य
तेरो मेरो नभनेर समभाव पालौँ अब

धेरै भयो अन्धकार मनको दियो बालौँ अब

Email : artssita@gmail.com

Leave a Reply