नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का विजयी , संघको नवनिर्वाचित टिमलाई अध्यक्षकी प्रतिस्पर्धी सरिता लामिछानेले दिनु भयो बधाई

नेपाल चलचित्र कलाकार संघको निर्वाचन हिजो सम्पन्न भएको छ । निर्वाचनमा ३८७ मत खसेको थियो । सो निर्वाचनमा अध्यक्ष पदमा रविन्द्र खड्का २१८ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँकी प्रतिस्पर्धी सरिता लामिछानेले १६९ मत प्राप्त गर्नु भएको थियो । संघको वरिष्ठ उपाध्यक्षमा २४३ मत प्राप्त गरी रेजिना उप्रेती , उपाध्यक्षमा १७५ मत प्राप्त गरी सानुकुमार ताम्राकार , महासचिवमा १८७ मत प्राप्त गरी चेतबहादुर सिंह , सचिवमा १९४ मत प्राप्त गरी पनाहा अधिकारी र कोषाध्यक्षमा २२० मत प्राप्त गरी पवित्रा आचार्य विजयी हुनुभयो । त्यसैगरी उक्त संघको सदस्यहरुमा शीतल के.सी. , जयकिशन बस्नेत , गोपाल नेपाल , शारदा नेपाल , जीवन थापा , उद्धव भट्टराई , धर्मानन्द अवस्थी , रोहित रुम्बा , धनराज के.सी. र पवन खतिवडा विजयी हुनुभयो ।
अध्यक्ष पदमा विजयी रविन्द्र खड्काले सबै चलचित्र कलाकारहरुको मर्म र भावना अनुरुप नेपाल चलचित्र कलाकार संघ अगाडि बढ्ने भन्दै आफूले चुनावमा गरेका प्रतिबद्धता पूरा गर्ने बताउनुभयो भने अध्यक्ष पदकी प्रत्यासी सरिता लामिछानेले
नवनिर्वाचित टिमलाई बधाई तथा कार्य सफलताको लागि शुभकामना दिनु हुँदै कलाकारको मुद्धामा राजनीति नगर्न सुझाव भएको थियो ।