१० दिने कार्यक्रमका साथ ललितपुरमा सहकारी दिवस मनाइदै

“दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी” भन्ने मूल नाराका साथ ६२औँ राष्ट्रिय सहकारी दिवस विभिन्कोन कार्यक्रम आयोजना गरी ललितपुरका सहकारीकर्मीहरुले मनाइरहेका छन् । सो अवसरमा यही चैत १३ गतेदेखि ललितपुरको सहकारी अभियानले सरसफाई , गोष्ठि , रक्तदान लगायतका विभिन्न रचानात्मक कार्यकारमहरु गरिरहेको छ । यो दिवसको अवसरमा चैत २३ गतेसम्म रचनात्मक कार्यक्रमहरु सञ्चालन हुने जिल्ला सहकारी संघ लि. , ललितपुरका अध्यक्ष माधव दुलालको भनाई छ । ६२औँ राष्ट्रिय सहकारी दिवसको मुख्य दिन चैत २० गते विहान लगनखेलबाट प्रभातफेरी , रक्तदान र दीप प्रज्वलन कार्यक्रम गर्ने उहाँको थप भनाई छ ।
चैत १३ गते वागमती गाउँपालिकाको कार्यालयमा गाउँपालिका स्तरीय अन्तर्क्रिया , चैत १६ गते
होप इन्टरनेशनल कलेज , चापागाउँ दोबाटो (करुणा बचत तथा ऋण सहकारी संस्था लि. होप बहुउद्देश्यीय सहकारी संस्था लि. वर्ल्ड भिजन बहुउद्देश्यीय सहकारी संस्था लि. , सारथी बहुउद्देश्यीय सहकारी संस्था लि. , मधुवन बचत तथा ऋण सहकारी संस्था लि. , लायन्स क्लव अब भ्याल्ली सेन्टिन्नी , लायन्स क्लव अब ग्लोवल आई र लायन्स क्लव अफ पिपलको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न) , र महालक्ष्मीस्थान -९ मा रहेको ज्ञानज्योति आधारभूत विद्यालयमा रक्तदान सम्पन्न , सोही दिन कोञ्ज्योसोम गाउँपालिकामा रहेको बागभैरव मा.वि. चौघरेमा गाउँपालिका स्तरीय अन्तर्क्रिया र ललितपुरको
रिङ्गरोड सरसफाई , चैत १७ गते महांकाल गाउँपालिका गोटिखेलमा गाउँपालिका स्तरीय सहकारी अन्तराक्रिया कार्यक्रम सम्पन्न भएका छन् । आज ललितपुर महानगरपालिका स्तरीय तथा गोदावारी नगरपालिका स्तरीय सहकारी अन्तराक्रिया , भोलि सीतापाखा व्याडमिन्टन कवर्ड हलमा अन्तर सहकारी व्याडमिन्टन प्रतियोगिता र चैत २२ गते जिल्ला मूल समारोह समिति ललितपुरको सचिवालय , महालक्ष्मीस्थानमा जिल्ला महिला सहकारीकर्मी गोष्ठि र २३ गते महालक्ष्मी नगरपालिकामा नगरपालिका स्तरीय सहकारी अन्तर्क्रिया हुने बताइएको छ ।