प्रगतिशील लेखक संघको ११औँ राष्ट्रिय सम्मेलन शुरु

वामपन्थी खेमाका लेखक तथा संस्कृतिकर्मीहरुको साझा संगठन प्रगतिशील लेखक संघ , नेपालको ११औँ  राष्ट्रिय सम्मेलन बागमती र मनोहरा दोभान नजिकै ललितपुरको च्यासलमा रहेको तुलशीलाल स्मृति भवनमा शुरु भएको छ । भोलिसम्म चल्ने सो सम्मेलनको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भर्खरै  उद्घाटन गर्नुभयो ।

सम्मेलनको शुभकामना व्यक्त गर्न विभिन्न वाम दलहरुका सांस्कृतिक संघहरुका अध्यक्ष तथा प्रतिनिधहरु ,  नेपाली लेखक संघका अध्यक्ष श्रवण मुकारुङ्ग , नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती  लगायत सम्मेलन स्थलमा पुग्नु भएको छ । सम्मेलनमा देशभरबाट प्रतिनिधित्व भएपनि  यस  अघि प्रलेसको नेतृत्व तहमा रहेका नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट सांस्कृतिक संगठनहरुको प्रतिनिधिहरुको त्यहाँ उपस्थिति  देखिएको छैन। सम्मेलनबाट जितेन्द्रदेव गिरी प्रगतिशील लेखक संघ , नेपालको अध्यक्ष बन्ने चर्चा चलिरहेको छ ।

Leave a Reply