नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले बजेट तयारी सम्बन्धी तालिम गर्ने

0 Shares

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.ले २०७६ जेठ ७ र ८ गते सो संघको केन्द्रीय कार्यालय कुसुन्ती , ललितपुरमा  प्रारम्भिक सहकारी संघ/ संघ संस्थाहरुको सवल व्यवस्थापन गर्नको लागि “Budgeting&Budget preparation” विषयक २ दिवसीय तालिम सञ्चालन गर्न लागेको उक्त संघले जनाएको छ । तालिममा सहभागीहरुलाई सहकारी क्षेत्रमा अनभवी चार्टर एकाउण्टेन्टहरुद्वारा प्रशिक्षण दिइने कार्यक्रम रहेको सो संघकी व्यवस्थापक सन्ध्या श्रेष्ठले सहकारी सञ्जाललाई बताउनुभयो । ‘उक्त तालिममा सहभागी हुन चाहने संघ/ संस्थाहरुले नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. को केन्द्रीय कार्यालय , कुसुन्ती , ललितपुरमा २०७६ जेठ २ गतेसम्म सम्पर्क गर्न सकिने ‘ उहाँँको भनाई छ ।

Leave a Reply