दक्षिण बाराही महिला साकोसले ग-यो आफना शेयर सदस्यहरूको स्वास्थ्य परीक्षण

भक्तपुरको सूर्यविनायक नगरपालिका -४ , दधिकोटमा अवस्थित दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि. को आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत सो संस्थाको आयोजनामा हिजो उक्त संस्थाका इच्छुक शेयर सदस्यहरु लगायतको स्वास्थ्य परीक्षण भक्तपुर क्यान्सर अस्पताल , भक्तपुरमा स्वास्थ्य परीक्षण गरिएको छ ।
स्त्री रोग व्यवस्थापन पक्षको व्यवस्थापनमा सम्पन्न स्वास्थ्य परीक्षणका क्रममा ११४ जनाको Pap Test र ११६ जनाको Breast Test गरिएको सो संस्थाले जनाएको छ । त्यस अस्पतालमा डाक्टर तथा नर्सहरुले आफ्नो संस्थाका इच्छुक सदस्यहरुको स्तन तथा पाठेघरको मुखको पानी परीक्षण गर्दा अधिकांशमा समस्या देखिएको सो सहकारी संस्थाकी व्यवस्थापक दीपा क्षेत्रीले बताउनुभयो । यो स्वास्थ्य परीक्षणको क्रममा समय मै उहाँहरुको रोग पहिचान भएर त्यसको उपचार गर्न सजिलो भयो र यो कार्यक्रम हाम्रो ‘दक्षिण बाराही महिला सहकारी संस्था लि.’ को कार्यालय छेउछाउमा पनि गर्न सक्ने हो भने अरु महिलाहरुको समस्या पहिचान भएर समस्याको निदान गर्न सजिलो हुने महसुस भएको व्यस्थापक क्षेत्रीको भनाई छ ।