राज्यले सहकारी क्षेत्रमा कसैलाई काखा र कसैलाई पाखा गरेकोमा बहुउद्देश्यीय सहकारी संघको विरोध
राज्यले सहकारी क्षेत्रमा बचत र ऋण कारोवार गर्ने सहकारी संघ/संस्थालाई काखा र अरुलाई पाखा गरेको भन्दै बहुउद्देश्यीय सहकारी संघ/संस्थाहरु क्रियाशील सहकारीकर्मीहरुले विरोध गरेक छन् ।
हिजो ललितपुर बहुउद्देश्यीय सहकारी संघ लि. को आयोजनामा ललितपुरको पुल्चोकस्थित राष्ट्रिय सहकारी महासंघ लि. को सभाहलमा ‘सहकारी ऐन तथा सहकारी नियमावली र कर छुट’ विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो । सो संघका अध्यक्ष शरदकुमार महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको राष्ट्रिय सहकारी महासंघ लि. का अध्यक्ष केशवप्रसाद बडालले गर्नुभयो । सो अवसरमा बोल्दै महासंघ अध्यक्ष बडालले ‘सहकारी ऐन शंसोधनको लागि छलफल भइरहेको छ र त्यस छलफलमा राष्ट्रिय सहकारी महासंघ लि. का वरिष्ठ सञ्चालक सुरेन्द्र भण्डारीले भाग लिइरहनु भएको छ ‘ भन्नुभयो । आफू सहकारी क्षेत्रको विकासका लागि निरन्तर लागि रहको बताउदै उहाँले सहकारी सामाजिक व्यवसाय भएकोले यसबाट निजीको जस्तो नाफा नहुने बताउनुभयो ।




त्यस अवसरमा बोल्दै राष्ट्रिय सहकारी महासंघ लि. का उपाध्यक्ष ओमदेवी मल्लले राष्ट्रिय सहकारी महासंघ लि. को निर्णयभन्दा फरक ढंगले व्यक्तिले लविङ गरिरहेको भेटिएको , जसले गर्दा काम गर्न अफ्ठ्यारो भएको बताउनुभयो । उहाँले नेपाल सरकारको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेटमा सहकारीको कर छुटको विषय समावेश गराउन दवावमूलक कार्यक्रम गर्नु पर्ने खाँचो औल्याउनु भयो ।
त्यसैगरी राष्ट्रिय सहकारी बैंक लि. का अध्यक्ष के.बी. उप्रेतीले आफ्ना सदस्यहरुलाई पीर मर्का पर्दा सहयोग नगर्ने सहकारी संघ वा यूनियनको आवश्यक नरहेको उल्लेख गर्दै सहकारी संघ/संस्थाहरुले सहकारी ऐन तथा नियमावलीमा उल्लेखित कर छुट तथा सहकारीमैत्री सहकारी ऐन बनाउन दवावमूलक काम गर्नु पर्ने बताउनुभयो । सो अवसरमा राष्ट्रिय सहकारी महासंघ लि. का सञ्चालक तथा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. का अध्यक्ष सुरेन्द्र भण्डारीले बहुउद्देश्यीय सहकारी संघ / संस्थामैत्री सहकारी ऐन तथा नियमावली बनाउन विगत ७ वर्षदेखि आफू लढिरहेको छु , जसका कारण सहकरी नियमावलीमा बहुउद्देश्यीय सहकारीका धेरै विषय समावेश भएको बताउनुभयो । पैसा लगानी गर्न सक्नेलाई लगानी गर्ने चाहना अनुरुप पद्दतीभित्र बसेर जतिवटा सहकारीमा पनि लगानी गर्न दिनु पर्नेमा उहाँको जोड थियो । त्यस अवसरमा राष्ट्रिय सहकारी बैंक लि. का प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले प्रस्तुत गर्नु भएको ‘सहकारी क्षेत्रको कर : व्यवस्था र अगाडिको बाटो’ विषयक कार्यपत्र
माथि छलफल गरिएको थियो । कार्यक्रमको अध्यक्षता गरिरहनु भएका ललितपुर बहुउद्देश्यीय सहकारी संघ लि. का अध्यक्ष शरदकुमार महर्जनले बचत र ऋण कारोवार मात्रै गर्ने सहकारी संस्थाहरुलाई थोरै कर लाग्ने तर बचत तथा ऋण कारोवारका साथै बहुउद्देश्यीय काम गरी उत्पादनमूलक काम गर्ने सहकारीले बढी कर तिर्नु पर्ने विभेदकारी नीति तुरुन्त खारेज हुनु पर्ने बताउनुभयो । उहाँले नेपाल सरकारको वार्षिक बजेटमा कर छुट लगायतका विषय समावेश गराउन आवश्यक परे सहकारीकर्मीहरु सडकमा टायर बाल्न पनि पछि नपर्ने बताउनुभयो । सहकारीको नेतृत्व तहमा बसेकाहरु नेता मात्रै भएको तर उहाँहरुहरुले सही नेतृत्व गर्न नसकेको उहाँको कथन थियो । ललितपुर बहुउद्देश्यीय सहकारी संघ लि. का उपाध्यक्ष किशोर महर्जनले स्वागत र सचिव बञ्जराले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा काठमाडौं बहुउद्देश्यीय सहकारी संघ लि. का अध्यक्ष मनोज थापा मगर र ललितपुरको त:ढोकामा रहेको मनासलु बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष राजेन्द्र पौडेलले बचत र ऋण कारोवार गर्ने सहकारी संस्थालाई मात्रै कर छुटको व्यवस्था गराएको भनेर नेफ्स्कुनलाई दोष दिनुको साटो आफ्नो कमजोरी सच्याएर बहुउद्देश्यीय लगायतका सहकारीमैत्री कर नीति बनाउन लाग्नु पर्ने खाँचो औल्याउनुभयो ।


















