सहकारी महासंघका अध्यक्ष बडाल नेतृत्वमा सहकारी अभियानले प्रदेश ३ का मुख्यमन्त्री पौडेललाई भेटी नर्सरी व्यवस्थापन गर्ने अभियानलाई अघि बढाउन ग-यो माग

राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष केशवप्रसाद बडालको नेतृत्वमा सहकारी अभियानको प्रतिनिीध मण्डलले हालै प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौंडेललाई भेटी प्रदेश नं ३ उत्पादनको क्षेत्रमा सम्भावना बोकेको प्रदेश भएकोले हाल देखा परेको चरम व्यापार घाटालाई कम गर्न कृषि , उत्पादन , फलफुल एवं फलफुलवाट तयार गर्न सकिने जुस लगायतको उत्पादन र त्यसको निर्यात गर्न आवश्यक पर्ने ‘नर्सरी व्यवस्थापन गर्ने अभियान’लाई सरकारले प्राथमिकताका साथ अघि वढाउनु पर्ने माग गर्दै सहकारी अभियान यो प्रदेशको यस कार्यमा हरतरिकाले सहयोग र समन्वय गर्न तयार छ भन्नु भयो भने त्यसको जवाफमा मुख्यमन्त्री पौंडेलले सहकारी अभियानले लक्षित गरेको कार्यलाई सरकारी तहबाट समेत उच्च प्राथमिकता दिई अघि वढाइएको र त्यसको लागि सहकारीकर्मीहरु आफै पनि उत्साहित हुनुपर्ने बताउनु भएको राष्ट्रिय सहकारी महासंघ लि. का का.मु. महाप्रवन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाले जानकारी दिनु भएको छ । उक्त भेटमा प्रदेश ३ का भूमि व्यवस्था , कृषि तथा सहकारीका साथै आर्थिक मामिला तथा योजना मन्त्र्त्रीका साथै सहकारी अभियानको तर्फवाट राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष बडाल तथा सञ्चालक बद्रीप्रसाद लम्साल , नेपाल केन्द्रीय दुग्ध सहकारी संघ लि.का अध्यक्ष नारायणप्रसाद देवकोटा र सचिव टिका बल्लभको उपस्थिति रहेको जनाइएको छ ।