सुयोग्य साकोसको आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट तर्जुमाका लागि गोष्टि , अन्तर्क्रिया र छलफल गरिरहेका छौँ

0 Shares

-खड्गप्रसाद सुब्बा , प्रबन्धक , सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि. , सेतीओपी मार्ग , कोटेश्वर -३२ , काठमाडौं

 

१. आजकाल के गर्दै हुनुहुन्छ ?

~आफ्नै भवनबाट कारोवार गरिरहेको हाम्रो यस ‘सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि’. को गएको असोज १३ गते सम्पन्न ११औँ वार्षिक साधारणसभाले तय गरेका नीति तथा कार्यक्रम कार्यान्वयन गरिरहेका छौँ । साथै यस संस्थाको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट तर्जूमाका लागि गोष्टि , अन्तर्क्रिया तथा छलफल गरिरहेका छौँ ।

२.  सुयोग्य साकोसमा यतिबेला शेयर पूँजी , शेयर सदस्य , निक्षेप संकलन , कर्जा प्रवाह र कूल कारोवार कति छ ?

~ हाम्रो यस संस्थामा गएको बैशाख मसान्तसम्ममा शेयर सदस्य १,२०० शेयर पूँजी रु.१करोड ६० लाख , निक्षेप संकलन रु. १५ करोड ७० लाख , कर्जा प्रवाह रु. १४ करोड ५० लाख र कूल कारोवार रु. २० करोड छ ।

३. यतिखेर तपाईहरुले केलाई प्राथमिकता दिनु भएको छ ?

~ नयाँ सहकारी ऐन तथा नियमावली अनुसार यस संस्थाको विनियम , कार्यविधि र निर्देशिका आदिको शंसोधन गर्ने कार्यमा हामी व्यस्त रहेका छौँ ।

४. तपाईहरु यो संस्थाको कुनै रचनात्मक क्रियाकलाप पनि गर्दै हुनुहन्छ कि ?

~यस आर्थिक वर्षमा हाम्रो यस संस्थाले विभिन्न खाले रचनात्मक कार्यक्रम गर्दै आएको छ । ललितपुरको महालक्ष्मीस्थानमा रहेको गणेशमान सिंह मेमोरियल स्वास्थ्य सहकारी संस्था लि. को सहयोगमा गएको माघ १२ गते ग्रामर कलेज , कोटेश्वर , काठमाडौंमा हाम्रो यस संस्थाको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम ग-यौँ । यस्तै गरी गएको चैत ९ गते काठमाडौंको कोटेश्वरचोकदेखि सेतीओपी मार्ग हुँदै बालकुमारी -झोलुङ्गे पुलसम्म सडक सरसफाई कार्यक्रम ग-यौँ ।

यस संस्थामा सदस्य अभिमुखीकरण कार्यक्रम तथा बचत तथा ऋण सम्बन्धमा समसामयिक अन्तर्क्रिया गर्दै आएका छौँ ।

५. कोपोमिस कार्यक्रमबारे के भन्नुहुन्छ नि ?

~ कोपोमिस कार्यक्रममा हामी सहभागी छौँ र अरु सहकारी संस्थाहरुलाई पनि यस कार्यक्रममा सहभागी हुन अनुरोध गर्दछु ।

६. सहकारी ऐन तथा नियमावलीबारे तपाईको के भनाई छ ?

~ सहकारी ऐन तथा नियमावली केही हदसम्म सहकारी मैत्री पनि छ । नयाँ सहकारी ऐनका केही दफाहरु तथा सहकारी नियमावलीका केही नियमहरु शंसोधन गरी यिनलाई पूर्ण रुपमा सहकारी मैत्री बनाउनु आवश्यक छ ।

७. सरकारले ल्याउन लागेको बजेटबारे के भन्नुहुन्छ ?

~देशको राष्ट्रिय अर्थतन्त्रका तीनखम्बा मध्ये एक खम्बा सहकारीलाई मानेको हुँदा र सहकारी संघ/ संस्थाहरु प्रत्यक्ष जनतासँग जोडिएर जनताको आर्थिक , सामाजिक तथा संस्कृतिको हित र प्रवर्द्धनका लागि निरन्तर काम गरिरहेकोलेध समावेशिता , न्याय र समानताका लागि राज्यले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माण कार्यदेखि लिएर बिभिन्न जनसेवा तथा जनसुविधाका कार्यक्रमहरु सहकारी मार्फत जनतासम्म पु-याउने गरी सबै तहका सरकारहरुलाई बजेटमा व्यवस्था गर्न अनुरोध गर्दछु ।

८. अन्त्यमा केही भन्नु छ कि ?

~ नयाँ सहकारी ऐन तथा नियमावली आएको परिप्रेक्षमा तथा संघीय शासन व्यवस्थामा सहकारी अभियानमा केही अन्यौलता र अपूर्णता व्याप्त भएकोले सबै तहका सरकार तथा ती अन्तर्गतका सरकारी निकायले त्यो अन्यौलता र अपूर्णतालाई हटाएर सम्पूर्ण सहकारी संघ/ संस्थाहरुमा एकरुपता कायम गर्दै अगाडि बढ्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायलाई म अनुरोध गर्दछु ।

Leave a Reply