नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष परितोष पौडेल सहितका सहकारीकर्मीहरुको युरोप भ्रमणको विषयमा गरिएका टिप्पणीको नेफ्स्कूनले ग-यो खण्डन

0 Shares

सहकारीकर्मीहरुको युरोप भ्रमणको विषयलाई लिएर नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले आफ्ना वरिष्ठ उपाध्यक्ष परितोष पौडेल सहित बचत तथा ऋण सहकारीकर्मीहरुको युरोप भ्रमणको विषयलाई लिएर विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आफू माथि उठाइएका विषयहरु निराधार रहेको भनी खण्डन गरेको छ ।

नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष पौडेल सहित बचत तथा ऋण सहकारीकर्मीहरु, सहकारीकर्मीका परिवार तथा ट्राभल एजेन्सीका कर्मचारीहरु लगायतको ३१ सदस्यीय टोली युरोपका विभिन्न  देशहरुको भ्रमणका लागि स्वतन्त्रपूर्वक स्वेच्छाले गएको र  उक्त युरोप भ्रमणको आधिकारिक आयोजनाका लागि नेफ्स्कूनले कुनै पनि संस्थागत प्रक्रिया अगाडि नबढाएको साथै त्यसका लागि सहकारीकर्मीहरुसँग कुनै शूल्क नलिएको र कुनै आधिकारिक प्रतिनिधि नतोकिएको नेफ्स्कूनले जनाएको छ ।

Leave a Reply