नेपाल बहुउद्देश्यीय केन्द्रीय संघको आयोजनामा २ दिने Budgeting & Budget Preparation तालिम सम्पन्न

हिजोदेखि शुरु भएको नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.को आयोजनामा प्रारम्भिक सहकारी संघ/संस्थाको सबल व्यवस्थापन गर्नको लागि Budgeting & Budget Preparation विषयक २ दिवसीय तालिम कार्यक्रम आज सम्पन्न भएको छ ।
सो संघका अध्यक्ष सुरेन्द्र भण्डारी , सचिव माधव तिमिल्सिना , कोषाध्यक्ष पुष्प पौडेल लगायतले मन्तव्य व्यक्त गर्नु भएको तालिममा सहकारी क्षेत्रसँग सम्बद्ध चार्टर एकाण्टेनहरुले सहजीकरण गर्नु भएको थियो । उक्त संघको केन्द्रीय कार्यालय कुसुन्ती , ललितपुरको सभाहलमा सम्पन्न तालिममा प्रारम्भिक संघ/ संस्थाहरुका प्रतिनिधिहरु उत्साहजनक सहभागिता रहेको थियो । तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र प्रदान गरिएको थियो ।