अर्थथमन्त्री डा. खतिवडाले संघीय संसदमा आज बजेट पेश गर्ने

0 Shares

नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को नेपाल सरकारको वार्षिक बजेट संघीय संसदमा पेश गर्दै हुनुहुनेछ । नेपालको संविधान , २०७२ ले आगामी आर्थिक वर्षको बजेट जेठ १५ गतेसम्ममा पेश गरी सक्नु पर्ने बाध्यात्मक व्यवस्थाका कारण आज उहाँले बजेट पेश गर्न लाग्नु भएको हो । आज अपरान्ह संघीय संसदका दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. खतिवडा बजेट पेश गर्ने कार्यक्रम रहेको सचीय संसद सचिवालय स्रोतले जनाएको छ ।

केही दिन पहिले संघीय संसदले पारित गरेको नेपाल सरकारको नीति तथा कार्यक्रमको जगमा टेकेर आज पेश गरिने बजेट समाजवाद उन्मुख हुने ओली सरकारका मनात्रीहरु तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु बताइरहनु भएको छ ।

यता सो बजेट उत्पादनमुखी हुनुपर्ने आवाज उठे पनि यथार्थमा यो बजेट पनि  वितरणमुखी हुने विश्लेषकहरुको भनाई छ ।

यस्तै बचत तथा ऋण सहकारी संघ/ संस्थाहरु बाहेकका बहुउद्देश्यीय लगायतका सहकारी संघ/संस्थाहरुले राज्यका सहकारीहरुमा लागू गरेको विभेदकारी कर नीति यो बजेट मार्फत अन्त हुनु पर्नेमा दवावमूलक गतिविधि  गरिरहेका छन् ।

 

प्रदेश ३ सरकार नीति तथा कार्यक्रम प्रदेशसभामा पेश

प्रदेश ३ सरकारको नीति तथा कार्यक्रम हिजो   प्रदेश ३ का प्रमुख अनुराधा कोइरालाले ३ नं. प्रदेशसभामा पेश गर्नु भएको छ । सो नीति तथा कार्यक्रमले कृषि , उत्पादन र पर्यटनलाई  विशेष प्राथमिकता दिइएको हेटौडाबाट प्राप्त समाचारमा जनाइएको छ ।

 

Leave a Reply