विप्लव नेकपाले आजको नेपाल बन्दको पूर्वसन्ध्यामा गरेकै बम विष्पोटनबाट काठमाडौं उपत्यकामा ४ जनाको गयो ज्यान , सुरक्षा व्यवस्था कडा बनाउन गृम मन्त्रीको सुरक्षा निकायलाई निर्देशन

0 Shares

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपालबन्दको पूर्वसन्ध्यामा हिजो काठमाडौं उपत्याका लगायतमा राखेको बम विष्फोट हुँदा ४ जनाको ज्यान गएको बताइएको छ ।  बम विष्पोटनका कारण उपत्यकामा त्रास फैलिएको छ । हिजो ललितपुरको सातदोबाटो , ग्वार्खो , काठमाडौंको कोटेश्वर लगायतका स्थानमा राखिएको बम सुरक्षाकर्मीले डिस्पोज गरेको छ ।

बम विष्पोटन लगत्तै हिजो नेपाल सरकारका  गृह मन्त्री रामबहादुर थापा ‘बादल’ ले सुरक्षा निकायका प्रमुखहरुलाई सुरक्षा व्यवस्था कबा बनाउन निर्देशन गरेको बताइएको छ ।

चन्द नेतृत्वको नेकपाले गरेको बन्दका कारण शिक्षण संस्था , उद्योग -कलकारखाना लगायत बन्द छन् । सार्वजनिक यातायातका साधन कमै चलेका छन् । बन्दको क्रममा आज अप्रिय घटना घटेको जानकारी यस बेलासम्म प्राप्त भएको छैन ।

Leave a Reply