गाम्चा साकोसले ग-यो नि:शुल्क स्वास्थ्य शिवीर

भक्तपुरको सूर्यविनायक न.पा. – ४ , गाम्चा चोकमा रहेको गाम्चा बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा गएको शनिवार अरनिको उ. मा.वि. गाम्चा , भक्तपुरमा एक दिवसीय नि: शुल्क स्वास्थ्य शिवीर सञ्चालन भएको छ । हेल्दी हार्ट क्लिनिक गठ्ठाघर , भक्तपुरको प्राविधिक सहयोग तथा गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र , बाँँसबासी , काठमाडौंका मुटुरोग विशेषज्ञहरू सहितका विशेषज्ञ डाक्टर लगायतका स्वास्थ्यकर्मीहरुको सहयोगमा भएको शिवीरमा ६०० जनाको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको थियो भने १३ जनाको मोती विन्दुको नि:शुल्क सल्यक्रिया गर्ने व्यवस्था गरिएको आयोजक संस्था गाम्चा बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष विकाश खड्काले बताउनभयो । त्यस अवसरमा सुगर , ई.सी.जी. , इको , आँँखा , स्त्री रोग, दाँत , जनरल फिज़िशियन, र नाक, कान, घाटीको नि: शुल्क जाँच गरिएको थियो ।
त्यसैगरी शिवीरमा सिटी आँँखा सेन्टर थिमी , भक्तपुरबाट नि:शुुुल्क चश्मा वितरण तथा विवेक महतको सहयोगमा निःशुल्क औषधी वितरण गरिएको सो संस्थाका अध्यक्ष विकास खड्काको भनाई छ ।