नेफ्स्कूनका प्राचार्य सञ्जयराज तिमिल्सिनाको नेतृत्वमा साकोसको २१ सदस्यीय टोली क्षमता अभिबृद्धि तालिममा सहभागी हुन आज बैंकक जाँदै

0 Shares

एशियाली ऋण महासंघ (ACCU) को आयोजनामा आजदेखि यही जेेठ २५ गतेसम्म थाइल्याण्डको राजधानी बैंककमा हुन गइरहेको प्रमुख कार्यकारी अधिकृतहरुको क्षमता अभिबृद्धि प्रशिक्षक प्रशिक्षण तालिममा सहभागी हुन नेफ्स्कूनका प्राचार्च  सञ्जयराज तिमिल्सिनाको नेतृत्वमा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको २१ सदस्यीय टोली आज बैंकक प्रस्थान गर्ने भएको छ ।
हिजो सो  टोलीलाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)का  प्रमुख  कार्यकारी अधिकृत शिवजी सापकोटाले नेफ्स्कूनको केन्द्रीय कार्यालय नयाँबानेश्वर , काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच शुभकामना दिदै बिदाई गर्नुभयो ।

त्यस अवसरमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत सापकोटाले यो तालिमबाट नेफ्स्कून र समग्र साकोस अभियानमा नयाँ प्रविधिको विकास , साकोस सञ्जालीकरण र सफल योजना निर्माणमा सघाऊ पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

Leave a Reply