शुरु भयो नरेन्द्र मोदीको भारतीय प्रधानमन्त्रीको दोस्रो कार्यकाल
हिजो साझ भारतीय राष्ट्रपति रामनाथ कोबिन्दबाट नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्री पदको सफथ लिनु भएको छ । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली सहितका विमेष्टेकका सदस्य राष्ट्रहरुका सरकार प्रमुख तथा राष्ट्रप्रमुख समेतका विशिष्ट पाहुनाहरुको उपस्थितिमा प्रधानमन्त्री पदको सफथ लिएर दोस्रो कार्यकाल शुरु गर्नु भएका मोदीले ५९ सदस्यीय मन्त्रीपरिषद गठन गर्नु भएको जनाइएको छ । जसमा भाजपा अध्यक्ष अमित शाहका साथै पूर्व सचिव यस. जयशंकर पनि मन्त्री परिषदमा समावेश हुनु भएको छ तर यस पटक विदेश मन्त्री सुष्मा स्वराज तथा अर्थमन्त्री अरुण जेट्ली भने यो मन्त्रीपरिषदमा हुनुहुन्न । भर्खरै सम्पन्न भारतीय लोकसभा चुनावमा भाजपा एक्लैले स्पष्ट बहुमत र भाजपा सहितको एनडीए गठबन्धनले प्रचण्ड बहुमत हासिल गरेको थियो ।
यस पटक विमिष्टेकका सदस्य राष्ट्रहरुका सरकार प्रमुगहरु लगायतलाई निम्ता गर्नु भएका मोदीले भारतीय प्रधानमन्त्री पदको पहिलो कार्यकालको सफथ ग्रहण समारोहमा भने सार्क राष्ट्रका सरकार प्रमुखहरुलाई निमन्त्रणा गरे बमोजिम तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका साथै तत्कालीन पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ लगायत उपस्थित हुनुन्थ्यो तर त्यसपछि क्रमश: मोदीको कोइराला र सरिफसँग सुमधुर सम्बन्ध बन्न सकेन ।
भारत र पाकिस्तान बीचको तिक्तता कायमै छ । सुशिल कोइरालालाई त्यसपछि या अघि न त भारतले औपचारिक भ्रमणमा नै बोलायो । बरु सुशिल कोइराला प्रधानमन्त्री बनेकै समयमा भारतले नेपालमाथी नाकाबन्दी लगायो । नाकाबन्दी कै बीचमा सुशिल कोइराला प्रधानमन्त्रीको जिम्मेवारीबाट हट्नुभयो ।
भारत र पाकिस्तान वीच पानी बाराबारको सम्बन्ध भएकोले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क निश्कृय जस्तै बनेको छ ।
