प्रधानमन्त्री ओलीले साँढे दुई बर्षमा आफूलाई प्रधानमन्त्री बनाउने सहमती छ : पुष्पकमल दाहाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले साढे दुई वर्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पद हस्तान्तरण सहमती भएको बताउनु भएको छ । रिपोटर्स क्लवका अध्यक्ष ऋषि धमलासँग कुरा गर्दै उहाँले प्रधानमन्त्री ओलीले आफूलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष बनाएमा आफू उहाँलाई ५ वर्ष नै प्रधानमन्त्री बन्न सहयोग गर्ने बताउनु भएको थियो