प्रा.डा. गोपाल सिवाकोटीद्वारा लिखित ‘कम्युनिष्ट आन्दोलनको इतिहास , उद्भव र विकास’ पुस्तकको समीक्षा

0 Shares

– कृष्णहरि भट्ट

 

राजनीतिक विश्लेषक प्रा.डा. गोपाल शिवाकोटीको पछिल्लो कृति ‘कम्युनिष्ट आन्दोलनको इतिहास, उद्भव र विकास’  पैरवी प्रकाशनले बजारमा ल्याएको छ । नेपालमा लोकप्रिय रहेको कम्युनिष्ट आन्दोलनका बारेमा यस्तो प्रकाशनले नेपाली कम्युनिष्ट आन्दोलनमा रहेका कमजोरीहरूका बारेमा प्रकाश दिने भएकाले यो महत्वपूर्ण काम भएको छ ।


आज देशमा कम्युनिष्ट पार्टीको नाममा दुईतिहाइ बहुमतको सरकार छ तर कम्युनिष्ट सरकार हो कि दलालहरूको हो भन्ने कुरा छुट्याउन गाह्रो भएको जनताको गुनासो रहेको छ । यस्तो अवस्थामा कम्युनिष्ट भनेको के हो रु के भयो भने समाजवाद वा वैज्ञानिक समाजवाद हुन्छ , नेपाली समाजको ठोस विश्लेषण के हो र अव के गर्नु पर्छ भन्ने जस्ता विषयमा विभिन्न उप-शीर्षकमा लेखकले प्रकाश पार्नु भएको छ ।

बाईस ओटा उप-शीर्षक रहेको सो पुस्तकमा परिचय , मार्क्स र एंगेल्सको द्वन्द्वात्मक भौतिकवाद , मार्क्सवाद , आजको मार्क्सवाद, नववामपन्थ :  मार्क्सवादको अर्को धार , युरो साम्यवाद : मार्क्सवादको अर्को धार र लोकतान्त्रिक समाजवाद , समाजवादको विकृत धार , क्रान्ति : एक समाजवादको साधन , क्रान्तिको विभाजन , विश्व कम्युनिष्ट आन्दोलनको मूलधार, व्यवहारमा समाजवाद , आधुनिक शंशोधनवाद , नेपालमा कम्युनिष्ट आन्दोलन, माओवादी पार्टी र जनयुद्धको धार , गति र दिशा , अवस्था र प्रवृत्ति , नेपालमा समाजवाद : एक महाविवादको आरम्भ , नेपाली काँग्रेसको समाजवाद , गतिशील समाजवाद , नमुना समाजवाद , समाजवादको साधन र प्रक्रिया , अब के गर्ने , गरम र नरमपन्थी धार र अन्त्यमा सन्दर्भ सामग्री सहित ४८० पेजमा पुस्तक समेटिएको छ । यो प्रकाशनले नेपाली पाठक वर्ग र यो आन्दोलनसंग जोडिएका सवै तहका आन्दोलनकारीहरूलाई समेत सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।
लेखक सुगर , प्रेशर,  किड्नी  तथा आँँखा लगायतका रोगबाट पीडित हुँदाहुँदै पनि यो किसिमको सक्रियता प्रशंसाको योग्य छ । यसबाट त युवा पुस्ताले सिक्न सकिन्छ । तीन दर्जन भन्दा बढी पुस्तकका लेखकका अन्य पुस्तकहरू पनि प्रकाशनको तयारीमा रहेका छन ।

(भट्ट नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रगतिशील लेखक संघका नि:वर्तमान कोषाध्यक्ष हुनुहुन्छ )

Leave a Reply