गीत

-अर्जुन कार्की
हामी अघि बढ्छौँ । न्याय निम्ति लड्छौँ।।
शोषणको जञ्जिरलाई चुडालेर फाल्छौँ ।।।
जूका बनी समाजलाई चुस्नेहरुलाई ।
क्रान्तिकारी छद्मभेषमा भ्रम छर्नेलाई ।।
घृणा अनि तिरस्कारको ज्वाला दन्काउछौँ ।
बाधा अनि चूनौतिको पर्खाल भत्काउछौँ ।।
हामी……………………………….
क्रान्तिकारी सिद्धान्तले निर्देशित भई ।
हेपिएका – ठगिएका सबै एकजुट भई ।।
बारुद र गोला बनी हामी पड्किने छौँ ।
अन्धकार रात हटाई नयाँ विहान ल्याउछौँ ।।
हामी………………….