नेपाल इन्भेष्टमेण्ट बैंक लि. र जेविल्स फाइनान्स लि. बीच मर्ज हुँदै , आउदो असार ६ गते दुबैले विशेष साधारणसभा गर्ने

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको स्वीकृत प्राप्त नेपाल इन्भेष्टमेण्ट बैंक लि.को बिशेष साधारणसभा आउदो असार ६ गते बिहान १०:०० बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष साधारण हुने भएको छ । सो बैंकको जेबिल्स फाइनान्स लि.सँगको मर्ज अर्थात् (एक्वीजिशन) लगायतका ९ वटा बिशेष प्रस्ताव पारित गर्ने उक्त साधारणसभाको योजना रहेको बताइएको छ । बैंकको जेविल्स फाइनान्स लि.सँग १०० को ३३ को अनुपातमा मर्ज गर्ने समझदारी भएको र नेपाल इन्भेष्टमेण्ट बैंक लि र जेविल्स फाइनान्स लि. बीच एकता भएपछि जेविल्स फाइन्स लि. को १०० कित्ता शेयर हुने शेयरधनीले नेेेेपाल इन्भेष्टमेण्ट बैंक लि.को ३३ कित्ता शेयर पाउने छन।
उता जेबिल्स फाइनान्स लि.ले पनि त्यसै दिन नेपाल इन्भेष्टमेण्ट बैंक लि.सँग मर्जको प्रस्ताव पारित गर्न बिशेष साधारणसभा आह्वान गरेको जानकारी प्राप्त भएको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंक लि.को चुक्ता पूँजी रु.१२ अर्ब ५८ करोड छ भने जेविल्स फाइनान्स लि. को पुंजी ८३ करोड ८० लाख रहेको बताइएको छ।
नेपाल इन्भेष्टमेण्ट बैंक लि. ले सो विशेष साधारणसभाको प्रयोजनको लागि आउदो जेठ २९ गते बुक क्लोज गर्ने भएकोले आउदो जेठ २८ गतेसम्म त्यस बैंकमा कायम रहेका शेयरधनीले मात्रै उक्त विशेष साधारणसभामा भाग लिने पाउने व्यवस्था गरिएको बैंक स्रोतको भनाई छ ।