धौलागिरी सांस्कृतिक समितिले आउदो असार १४ गते स्रष्टाहरुलाई सम्मान गर्ने

धौलागिरी सांस्कृतिक समिति काठमाडौ ,नेपालले धौलागिरी क्षेत्रका चार जिल्लाभरका श्रष्टाहरुको सम्मान कार्यक्रम गर्ने जनाएको छ ।
‘श्रष्टा, सम्मान र समय हाम्रा आधार हुन’ भन्ने मूल नाराका साथ समितिले वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता तथा नेेेेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका भूतपूर्व उप-कुलपति तथा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटाको बिशेष आतिथ्यतामा आउँदो असार १४ गते डेलिस ओपेरा ब्याङ्क्वेट बालुवाटार , काठमाडौंमा बृहत “श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम “को आयोजना गरिएको र त्यसमा अरु विशिष्ट कलाकारहरुको सहभागिता रहने सो समितिका अध्यक्ष कृष्ण समीप सुवेदीले बताउनुभयो ।
समितिले यसबर्षदेखि हरेक बर्ष ‘धौलागिरी साधना सम्मान’ र ‘धौलागिरी युवा सम्मान’बाट नेपाली गीत तथा संगीतमा योगदान गरिरहेका धौलागिरीका कलाकारलाई सम्मानको घोषणा गर्दै यो बर्षको ‘धौलागिरी साधना सम्मान’ बाट गायक जीवन शर्मा, खड्ग गर्बुजा र बिमलराज क्षेत्रीलाई सम्मानित गरिने छ भने ‘धौलागिरी युवा सम्मान’ बाट अहिलेको बहुचर्चित गीत सालको पातको तपरी हुनि… ‘ लागि गायक कुलेन्द्र बिश्वकर्मा , सङ्गीतकार वसन्त थापा र गीतकार नबराज पन्तलाई सम्मानित गरिने जनाइएको छ । धौलागिरी क्षेत्र बाहिरबाट एक चर्चित कलाकारलाई ‘धौलागिरी राष्ट्रिय सम्मान’ र धौलागिरी क्षेत्र भित्रैबाट एक जनालाई ‘धौलागिरी बिशेष सम्मान’ प्रदान कार्यक्रम रहेकोले सोही दिन उक्त सम्मानको घोषणा तथा बितरण हुने बताइएको छ। उक्त कार्यक्रममा सम्मान सङ्गै बहुचर्चित राष्ट्रिय कलाकारको प्रस्तुती रहने पनि जनाइएको छ।
धान दिवसको पुर्ब सन्ध्यामा हुन लागेको उक्त अवसरमा प्रवेश निः शुल्क रहेको र उपस्थित हुने सबैलाई दही चिउरा खुवाइने कार्यक्रम रहेको आयोजकको भनाई छ।
समाजले काठमाडौं उपत्यकामा बस्ने धौलागिरीबासी लगायत सबै सुबेच्छुकहरुलाई उक्त कार्यक्रमलााई सभ्य र भब्य रुपमा सफल पार्न उपस्थितिको लागि अनुरोध गरेको छ । धौलागिरी समाज नेपाल र धौलागिरी सांस्कृतिक समिति , काठमाडौंको हिजो काठमाडौंको रिङ्गरोड ढुङ्गेधारा , अन्नपूर्णचोकमा रहेको माउन्ट धौलागिरी सहकारी भवनको सभाहलमा सप्पन्न कार्यक्रम घोषणा तथा पत्रकार सम्मेलनमा धौलागिरी समाजका केन्द्रीय उपाध्यक्ष केदारनाथ गौतम , केन्द्रीय महासचिव गोविन्दप्रसाद शर्मा , केन्द्रीय कोषध्यक्ष एकनारायण उपाध्यय, केन्द्रीय सल्लाहकार बिष्णुनाथ शर्मा , सास्कृतिक समिति अध्यक्ष कृष्ण समीप सुवेदीले पत्रकारहरुको जिज्ञाशाको जवाफ दिदै केन्द्रीय समितिले १७ वटै समितिका कार्यक्रमहरु र “गण्डकी सभ्यता बचाऔ महाअभियान ” को कार्यक्रमहरुलाई अगाडि बढाएको जानकारी दिनुभयो।