सम्झनामा गोविन्द भट्ट लोकार्पण

0 Shares

वरिष्ठ साहित्यकार गोविन्द भट्टको स्मृतिमा प्रकाशित स्मृति ग्रन्थ ‘ सम्झनामा गोविन्द भट्ट’को वरिष्ठ राजनीतिज्ञ तथा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्क्षे ‘रोहित’ र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले एकै साथ लोकार्पण गर्नुभयो । साहित्य सन्ध्याको आयोजनामा काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हिजो भएको सो कार्यक्रमा प्रमुख अथिथिको आसनबाट बोल्दै नेमकिपाका अध्यक्ष रोहितले वरिष्ठ साहित्यकार गोविन्द भट्टको  साहित्यिक व्यक्तित्वको बारेमा चर्चा गर्नु हुदै उहाँ जस्ता निष्ठावान प्रगतिवादी धाराका साहित्यकारहरुको कर्मबाट सबैले पाठ सिकेर अगाडि बढ्नु पर्ने आवश्यकता औल्याउनुभयो ।

त्यस अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले वरिष्ठ प्रगतिशील साहित्यकार गोविन्द भट्टले नेपाली प्रगतिवादी धाराको साहित्य सृजनाको क्षेत्रमा पु-याउनु भएको योगदानको स्मरण गर्नु हुँदै उहाँका केही कृतिहरु नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको र अरु बाँकी कृतिहरुको पनि खोजी गरी प्रकाशन गर्न प्रयास गरिने बताउनुभयो । त्यस अवसरमा नेपाल प्रगतिशील लेखक संघका भूतपूर्व अध्यक्ष  गोविन्द भट्टको बारेमा  प्रगतिशील लेखक विष्णु प्रभात र कवि वाशुदेव अधिकारी लगायतले प्रकाश पार्नु भएको थियो । ६५४ पृष्ठको सो कृति प्रगतिशील लेखक त्रय विष्णु प्रभात , वाशुदेव अधिकारी र सुदर्शन श्रेष्ठले सम्पादन र प्रकाशन वरिष्ठ प्रगतिशील साहित्यकार गोविन्द भट्टकी जीवन संगिनी इन्दिरा भट्ट तथा छोरीहरु लुना भट्ट र शिरीष भट्टले प्रकाशन गर्नु भएको हो ।

Leave a Reply