गुठी शंसोधन विधेयकको विरोधमा उत्रेका ‘सम्पदा जोगाऊँ’ अभियानको प्रदर्शनमा भयो प्रहरी हस्तक्षेप , जस्ताको तस्तै पारित गरिए मिडिया काउञ्सिल विद्येयक आफूहरुले नमान्ने : सञ्चारकर्मीहरु

0 Shares

नेपाल सरकारले संघीय संसदमा पेश गरेको गुठी शंसोधन विद्येयकको विरोधमा हिजो काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका ‘सम्पदा जोगाऊँ’ अभियानका प्रदर्शनकारीमाथि प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै लाठी चार्ज र पानीको फोहोरा प्रयोग गरी दमन ग-यो भने ४ जन प्ररदर्शनकारीलाई गिर्फतार ग-यो । प्रहरी दमनबाट दर्जन बढी प्रदर्शनकारी घाइते भएका थिए । घाइतेलाई वीर अस्पताल र न्युरो अस्पतालमा उपचार गरिएको थियो ।

सो विद्येयकले गुठीको जग्गा सजिलै व्यक्तिको नाममा दर्ता गर्न सक्ने जस्ता प्रावधान भएका कारणले सम्पदा नष्ट हुने भन्दै विरोध गर्नु परेको प्रदर्शनकारीहरुको भनाई छ । प्रदर्शनका थप कार्यक्रम गर्ने उनीहरुको कथन छ।

यता मिडिया काउञ्सिल विद्येयकको विरोधमा हिजो पनि नेपाल पत्रकार महासंघको अगुवाईमा सञ्चारकर्मीहरुले राजधानीमा विरोध प्रदर्शन गरे । सरकारमा रहेका दलका नेताहरुले समेत यो विद्येयक सचायाउनु पर्ने अभिव्यक्ति दिइरहे पनि र सञ्चारकर्मीहरुले पनि यसको विगत केही समयदेखि  विरोध गरिररहेको भएपनि सरकारले सुने पनि नसुने झैं गरिरहेको छ । सरकारले  जव्वरजस्ती जस्ताको तस्ते यो विद्येयक पारित गरे आफूहरू मिडिया काउञ्सिल विद्येयक नमान्ने यसको विरोध गरिरहेका सञ्चारकर्मीहरु बताइरहेका छन् ।

Leave a Reply